Sajhamanch Archive

अलैंची व्यवसायीको चिन्ता ४० प्रतिशत मौज्दात, नयाँ फसल आउँदै; निकासी सहजताका लागि सरकारको ध्यानाकर्षण

Published: in अर्थतन्त्र, मुख्य समाचार by .

झापा । नेपाल अलैंची व्यवसायी महासंघ केन्द्रीय समितिले कृषिजन्य बस्तुमध्ये निर्यातमा प्रथम नगदेबाली अलैंची ४० प्रतिशतसम्म व्यवसायीहरुसँग मौज्दात रहेको तर निकासीमा रोक लागेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले आज जेठ १५ गते प्रेस विज्ञप्ती जारी गरेर उद्योग, कलकारखाना, व्यापार–व्यवसाय, यातायात आदि लामो समयसम्म ठप्प हुँदा देशको आर्थिक खम्बाका रुपमा रहेको निजी क्षेत्र धराशायी हुने अवस्थाको मूल्यांकन गरी संघीय सरकारले खोल्ने निर्णय गरे तापनि अलैंची व्यवसाय अहिलेसम्म ठप्प भएको उल्लेख छ ।

कोरोनाको कहरसँगै गरिएको लकडाउनको बहानामा नेपालबाट कुनै पनि कृषिजन्य बस्तुहरु निर्यात हुन नसक्दा अलैंची व्यवसायीहरु चर्को बैंक व्याजका कारण धराशायी हुने निश्चित बनेको महासंघको ठहर छ । भारतबाट नेपाल आउने सवारी साधन निर्वाधरुपमा आइरहेको तर नेपालबाट पश्चिम बंगाल हुँदै निकासी हुने अलैंची पश्चिम बंगालमा रोक लगाएको अवस्थामा सहजीकरण गरिदिनका लागि महासंघले सरकारको ध्यानाकर्षण पनि गराएको हो ।

आगामी दुई महिनामा कृषकले अलैंचीको नयाँ फसल भित्राउने तर अलैंची निर्यात ठप्प भएको अवस्थामा सम्पूर्ण कृषकहरुमा निरासा छाएकोले कृषकहरुको मनोबल बढाउने प्रकारका कृषि पुनरुत्थानका आर्थिक कार्यक्रम ल्याउन तीनै तहका सरकार समक्ष महासंघले माग गरेको छ ।

महासंघका अध्यक्ष राजकुमार कार्की र महासचिव सुवास भट्टराईको हस्ताक्षरमा जारी प्रेस वित्रप्तीमा घरकर्जा तथा गाडी कर्जामा मात्रै व्याज छुटका कार्यक्रम आएको अवस्थामा सबै प्रकारका कर्जामा व्याज छुटका कार्यक्रम ल्याउन समेत माग गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *