Sajhamanch Archive

प्रदेश १ का मुख्यमन्त्रीलाई होटल व्यवसायी संघ झापाको ज्ञापन

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राजनीति by .

झापा । होटल ब्यवसायी संघ झापाले राहतको व्याकेज घोषणा गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई जिल्ला प्रशासन कार्यालय झापामार्फत ज्ञापनपत्र बुझाएको छ ।

संघले होटल व्यसायमा लकडाउनका कारण ठूलो असर परेको अवगत गराउँदै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरमार्फत मुख्यमन्त्री राईलाई मंगलबार राहत प्याकेज घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

संघका नवनिर्वाचित जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठले ज्ञापनपत्र बुझाउँदै कोरोना भाइरसका कारण विश्वकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको सन्दर्भमा लामो समयदेखि भएको लकडाउनका कारण नेपालका होटल ब्यवसाय क्षेत्र अस्तब्यस्त भएको बताइन् ।

ज्ञापनपत्रमा लकडाउनको अवधिभरको पूर्ण रुपमा भाडा छुट हुनुपर्ने र ६ महिनासम्म ५० प्रतिशत छुटको ब्यवस्था गरिनुपर्ने, वित्तीय संस्थाको ब्याज मिनाह तथा ऋण भुक्तानी गर्नुपर्ने समय बढाउनुपर्ने, लकडाउनको अवधिमा कुनै पनि वित्तीय संस्थाको किस्ता तिर्न नसक्ने, बिजुली र पानीमा न्यूनतम शुल्क मात्रै लिनुपर्ने, ब्यवसायलाई धितोमा राखेर सहुलियतमा ऋण उपलब्ध सरकारले गराउनुपर्ने लगायतका मागहरु रहेका छन् ।

लकडाउन खुलेर व्यवसाय सञ्चालनमा आएपछि सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्ने भएकाले होटल क्षेत्रमा कोरोना भाइरसको असर निकै लामो समयसम्म पर्ने अनुमान गरिएको छ । लामो समय ब्यवसाय बन्द गर्नुपर्दा आफूहरु समस्यामा परेको ब्यसायीहरुको भनाई छ । ज्ञापनत्रपत्र बुझाउन अध्यक्ष श्रेष्ठ सहित, वरिष्ठ उपाध्यक्ष नरेश महरा, महासचिव शिव पौडल जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी रानाले ब्यवसायीको समस्याको विषयमा सरकार गम्भिर रहेको बताएका थिए । व्यवसायीले प्रदान गरेको ज्ञापनपत्र मुख्यमन्त्री राईलाई आजै पठाउने बचन दिँदै व्यासायीको हितमा प्रदेश सरकारले निर्णय लिने आश्वासन दिएका छन् । जिल्लामा मात्र करिब पाँच हजारभन्दा धेरै होटलहरु सञ्चालनमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *