Sajhamanch Archive

लघुकथाः दुबईले जुराएको प्रेम

Published: (Updated: ) in साहित्य, by .

उसले ओठ चुम्यो ।अङ्ग अङ्ग खेलायो । उ प्रेमको माहसागरमा चुर्लुम्म डुब्यो । अनन्त गहिरो प्रेममा पर्यो विपुल । पहिलोपटक दुबई आएको थियो । पोखराकि सीतासँग उसको प्रेम बस्यो।बिवहा गरिसकेकी महिलासँग । झापाबाट एउटै बसमा काठमाडौं र एउटै प्लेन चढेर दुबई आएको थियो । एकछिन नछुटिने अवस्थामा पुग्यो ।

एउटै कम्पनीमा काम गर्ने भएकोले सीतासँग लभ परेको थियो । लोग्नेसँग सम्बन्ध बिग्रिए पछि विदेश आएकी थिइ सीता । म पनि तिनीसँगै कामगर्ने भएकाले मलाई साथी मान्थी । राम्रो सम्बन्ध थियो । पकाएर खाना ल्याइदिने । उनीहरुको जतिसुकै समयमै पनि टाँसिएरै बस्थे । दुई छोराको आमा भएर पनि उत्ताउली र सेक्सी देखिन्थी ।

उनको जवानी अझै पनि फर्किएको देखिन्थ्यो । मेरो राजा मेरो काले भनेर सम्बोधन गर्थी । हामीले काम गर्ने कम्पनी मै हल्ला फिँजिएको थियो । कोठा भाडा लिएर उनीहरुले कयौं रात बिताए । म नेपाल आएपछि झापा आउनु है सीता । झापामा पानी पुरी र चटपटे मिठो पाउँछ । इलामको कन्याम र चियाबारी घुम्न जाउँला । म सीतालाई भन्थेँ ।

एकदिन सीतालाई सोधेँ, के तपाई र विपुलको प्रेम सच्चा हो ? प्रेम निस्वार्थ हो ? तँलाई के लाग्छ भन्थ्यो विपुलले पनि । सीतालाई लाग्न थालेको थियो । त्यो माया पाएँ । मैले खोजेको त्यो मानिस भेट्टाएँ ।छोरी मान्छेले त्यो प्रेम र यौन सुख पाउन सकेन भने उ एक्लिन्छे । खोजेको मान्छेसँग त्यो सुख पायो भयो । सबैभन्दा खुसी आनन्द हो । जीवनमा खोजेको पनि त्यो सुख हो जस्तो लाग्न थालेको थियो सीतालाई ।

जीवनको आधा समय बिताइयो । जीवनमा धेरै दुख भोगेँ भन्थी सीता। पाहिलो लोग्ने सुखको अनुभव गर्न न पाएकी । जीवनको त्यो समयबाट टाढा भएकी थिइ सीता । लोग्नेबाट मायाप्रेमबाट बन्चित भएकी, छोराहरु लागि उनीहरुको भविष्यको लागि सीता परदेश आएकी हो ।

समय बित्दै थियो । उनीहरुको प्रेम गहिरो हुँदै थियो । प्रेम प्रगाढ हुँदै थियो । विवाह गरेर घर बसाउने उनीहरुको चाहना थियो । मैले एकदिन सीतालाई भनेको थिएँ, दुबईको माया यताउता हुँदैन भन्दा उ रातोपिरो भएकी थिइ । मलाई लाग्थ्यो उनीहरुको प्रेम परदेशमा आफ्नो इच्छा पूरा गर्ने माध्यममात्र हो । दुबईमा बस्ने इच्छा लाग्न छोडेको थियो । वर्ष दिन नहुँदै विपुल फर्कियो । त्यसको केही दिन पछि सीता पनि फर्किइ । अहिले पोखरामा किराना पसल खोलेर बसेकी छ । विपुल त्यो प्रेम सम्बन्ध सफल बनायो । केही महिना अगाडि नै सुनेको थिएँ ।

सीता गर्ववती भएकी छे । अहिले त बच्चा पाई होला । केही महिना अगाडि सीतासँग भिडियो कल भएको थियो । अहिले तपाईहरुको प्रेम कस्तो छ ? अहिले प्रेम पहिलेको जस्तै छ नि, जिन्दगी रमाइलो छ नि ? भनी सोधेको थिएँ । सीताले भनेकी थिइन्, अहा रमाइलो छ नि अमित । दुबईले जुराएको हाम्रो प्रेम सुखद छ । कसैको आँखा नलागोस । अनि मैले पनि भनेको थिएँ, दाम्पत्य जीवन सुखद रहोस् मेरो शुभकामना छ । विपुल र सीताले दुबई बसेर पैसामात्र कमाएनन्, प्रेमको टुसा जगाए अनि अहिले झ्याँगिँदै गएको छ । दुबईले दिएको यस्तो खुशी सबैले कहाँ भोग गर्न पाउँछन् र !

(बिर्तामोडका संग्रौला वैदेशिक रोजगारीको शिलशिलामा हाल दुबईमा छन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *