सांसद राईद्वारा आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित योजनाको अनुगमन
Published:
by .कमल । झापा निर्वाचन क्षेत्र नं. ५ (१) का प्रदेश सांसद अर्जुन राईले कमल गाउँपालिकामा सञ्चालिन विभिन्न योजनाको आज अनुगमन गरेका छन् । प्रदेश निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम र प्रदेश निर्वाचन क्षेत्र विकास कोषबाट आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालनमा रहेका योजना अनुगमन गरिएको हो ।
अनुगमन गरिएका योजनाहरुमा समाधिस्थल जाने बाटोको ५० लाख रुपैयाँको लागतमा निर्माण हुँदै गरेको पक्कीपूल, २५ लाख रुपैयाँमा निर्माणाधिन वडा कार्यालय भवन र वडा नम्वर ७ मा २५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको अनुगमन भएको हो ।
त्यसैगरी वडानम्बर ५ स्वर्गिक मार्गमा ८ लाख रुपैयाँको लागतमा बनाइँदै गरेको कम्पाउण्डवाल, वडा नम्बर ७ स्थित सिंहदेवी आधारभूत विद्यालयमा ७ लाख रुपैयाँको लागतमा ट्रष्ट र कम्पाउण्डवाल लगायतका योजना अनुगमन गरिएको हो ।
कमल गाउँपालिकामा सञ्चालित योजनाहरुको सांसद राईसहित प्रधानमन्त्रीका स्वकीय सचिवालय सदस्य होमबहादुर थापा, कमल गाउँपालिका ५ का वडाध्यक्ष डम्बरबहादुर निरौला लगायतको टोलीले अनुगमन गरेको हो ।
Comments