कनकाई नगरक्षेत्र आजदेखि ७ दिन सिल
Published:
by .कनकाई । कोरोना भाइरस संक्रमण देखिएका एकजनाको समुदायमा पनि सम्पर्क देखिएकाले आजदेखि कनकाई नगरपालिका सील गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङ गर्नुपर्ने भएकाले जोखिम व्यवस्थापनका लागि सात दिनका लागि नगरक्षेत्र बन्द गर्ने निर्णय गरिएको बताए ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गरी असार १३ गतेसम्म बजार कलकारखाना र सम्पूर्ण बैक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको निर्णयको बर्खिलाप हुने गरी पसल तथा बजार खोलेमा वा हिँडडुल गरेमा कार्बाही गर्ने अधिकृत न्यौपानेले जानकारी दिएका छन् ।
Comments