अखिलसँग वार्ता गर्न बिर्तामोड नगरपालिकामा समिति बनाइयो
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या सम्बोधनको माग राखी आन्दोलनको तयारी गरिरहेका विद्यार्थी संगठनहरुसँग वार्ता गर्न समिति गठन गरेको छ ।
अनेरास्ववियू र अखिल क्रान्तिकारी झापाले विभिन्न आठ बुँदे माग राखे आन्दोलनका कार्यक्रम तय गर्दै दुई दिन अघि नगरपालिकामा ज्ञापनपत्र दिएका थिए ।
नगर शिक्षा समितिको आज मंगलबार बसेको बैठकले नगर शिक्षा अधिकारी युवराज पाण्डेको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो ।
नगर प्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा भएको शिक्षा समितिको बैठकले उमानाथ ओली, कृष्णप्रसाद पाठक, गुरुभक्त न्यौपाने र युवराज कट्टेल रहेको वार्ता समिति गठन गरेको हो ।
Comments