Sajhamanch Archive

प्रतिष्ठानका डाक्टर, स्वास्थ्यकर्मीसहित २५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

कर्णाली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका  २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 यसअघि प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो।  यसरी परीक्षण गरिएकोमा १ जना चिकित्सक एक जना स्वास्थ्यकर्मी र अर्का एकजना अस्पतालमा भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना गरी २५ जनामा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा मंगल रावलले बताए।

प्रतिष्ठानमा यसअघि ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै प्रतिष्ठानमा मात्रै ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ। डा रावलले उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितलाई अस्पतालकै आइसोलेसन वार्डमा राखिएको जनाए ।

अस्पतालका निर्देशक डा. रावलले गएराति प्रकाशन गरेको विज्ञप्तीमा सबै संक्रमितलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरि राखिएकाले कर्णालीबासीलाई भयभित नहुन आग्रह पनि गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *