Sajhamanch Archive

कमल गाउँपालिकाः आर्थिक वर्ष २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रम पारित

Published: in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाले गत असार १० गते सातौं गाउँसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ ।

गाउँपालिकाले ८१ करोड ८५ लाख ९१ हजार ७९९ रुपैयाँको बजेट पारित गरेको हो । परित गरिएको बजेटमध्ये पूर्वाधार विकासतर्फ २४ करोड ६७ लाख ६१ हजार ७९९ रुपैयाँ र अर्थिक विकासतर्फ ४ करोड ४७ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ कूल बजेटको ३० दशमलव १५ प्रतिशत तथा आर्थिक विकासतर्फ बजेटको ५ दशमलव ४६ प्रतिशत रहेको छ ।

त्यसैगरी सामाजिक विकासतर्फ २० करोड ५७ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ भने वातावरण तथा विपद व्यवस्थापनतर्फ ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले संस्थागत क्षमता विकासतर्फ ८ करोड १३ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बजेट पासगर्नु अघि गाउँसभामा नीति तथा कार्यक्रम माथि छलफल गरी पारित गरिएको थियो । त्यसपछि वडाध्यक्षहरुले आ–आफ्नो वडामा विनियोजित बजेट माथि संशोधनसहित सुझाव राखेका थिए ।

गाउँपालिकाको बजेट कृषिमा आधारित हुनुका साथै भूमि बैंकको व्यवस्था गर्ने लक्ष राखिएको छ । उत्पादनमा केन्द्रित बजेटले युवालाई स्वरोजगार बनाउन मद्दत पुग्ने बताइएको छ भने एक वडा एक उत्पादनलाई बजेटले प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको भनाई छ ।

त्यसैगरी प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति, विपन्न परिवारलाई स्वास्थ्य बीमा, विपन्न गाई पाल्ने कृषकलाई कोरली बाछी, आलु ब्लक क्षेत्रलर्ई विस्तार, बंगुरको पकेट क्षेत्र विस्तार, माछाका भुरा वितरण, बाली शिविर सञ्चालन जस्ता कार्यक्रमलाई नीति, कार्यक्रम तथा बजेटमा समेटिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बेनु सिवाकोटीले आर्थिक वर्ष भित्र न्यायिक समितिमा परेका उजुरी र उजुरी माथि गरिएको छानबिन र फैसलाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *