Sajhamanch Archive

बाढी र डुबानबाट झापामा १७२ परिवार विस्थापित, २ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

झापा । केही दिनदेखि भइरहेको लगातारको वर्षाका कारण झापामा १७२ परिवार विस्थापित भएका र कम्तीमा दुई जनाले ज्यान गुमाएका छन् ।

झापाका मुख्य नदी तथा खोलाहरु कनकाई, बिरिङ, पालियालगायत खोलानदीमा आएको बाढीका कारण १७२ घर परिवार विस्थापित भएका हुन् । त्यसैगरी बिरिङ र मेची नदीमा नुहाउने क्रममा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाढी र डुबानबाट झापा गाउँ पालिकामा सबैभन्दा बढी १०७ परिवार, गौरीगञ्जमा ४५ परिवार, मेचीनगरमा ९ परिवार र शिवसतासीमा ११ घरपरिवार विस्थापित भएका प्रहरीको तथ्याङ्क छ । डुबान तथा बाढी प्रभावित ती परिवारमा हजार जनाभन्दा बढी जनसंख्या रहेको बताइएको छ ।

विस्थापित परिवारका सबैजनालाई उद्धार गरी स्थानीय विद्यालय, सामुदायिक भवन लगायतका सुरक्षित स्थानमा स्थानतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा आज असार २८ गते उद्दारलगायत डुबानको जोखिममा रहेका मानसिहरुको सुरक्षित स्थानान्तरणको कार्यमा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएका केही तस्वीरहरुः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *