बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा आज समापन गरिएको छ ।
असार १० गते सुरु भएको पाँचौं नगरसभाले प्रस्तावित १ अर्ब १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरी बनाइएको बजेट पारित गरेको छ । जस अन्तरगत ३९ करोड ८१ लाख ८६ हजार चालू, ५८ करोड २३ लाख २ हजार र पूजीगत खर्च र सामाजिक सुरक्षा बापत १७ करोडको खर्च हुनेछ ।
नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख पवित्रा महतारा प्रसाईले सो बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
आज असार २८ गते सम्पन्न गरिएको नगरसभामा प्रस्ताबित बजेट, नीति, कार्यक्रम माथि १० वटै बडाका अध्यक्षहरुले आ–आफ्नो वडाको बजेट सिलिङ प्रस्तुत गर्दै आफ्नो वडाको विकासका योजना पेश गरेका नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जनाएका छन् ।
यसैगरी नगरसभामा विभिन्न समितिका संयोजकहरुले समितिका तर्फबाट सुझाव पेश गरेका थिए । बिर्तामोड नगरपालिकाले प्रत्येक वडालाई १ करोडको सिलिङ दिएको छ । सो सिलिङ अन्तरगत रहेर वडाले बजेट पेश गरेको नगरपालिकाका प्रेस संयोजक सिग्देलले बताए ।
Comments