Sajhamanch Archive

कमल गाउँपालिकाका सातवटै वडामा आधारभूत स्वस्थ्य केन्द्र सञ्चालनमा

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । झापाको कमल गाउँपालिकाका सातवटै वडाबाट आधारभूत स्वस्थ्य उपचार सेवा सुरु भएको छ । सबै वडामा आधारभूत स्वस्थ्य सेवा केन्द्र स्थापना गरी स्वस्थ्य उपचार सेवा प्रवाह गर्न सुरु गरिएको हो ।

जनतालाई सहज र सुलभ रुपमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा आधारभूत स्वस्थ्य सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह थालिएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताएकी छन् ।

‘सबै वडामा आफ्नै भवन छैनन् । तर घर भाडामा लिएर भए पनि आधारभूत स्वस्थ्य सेवा केन्द्र सञ्चालन गरी जनतालाई सेवा दिन लागिपरेका छौं’ अध्यक्ष काफ्लेका भनाई छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा आफ्नै भवनबाट स्वस्थ्य सेवा दिने गरी काम गरिरहेको समेत अध्यक्ष काफ्लेले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *