धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु
Published:
by .धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका एकजना कोरोना संक्रमित बिरामीको आज मृत्यु भएको छ।
अस्ति बुधबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका सप्तरी जिल्लाको राजबिराज नगरपालिका वडानम्बर १ का ७३ वर्षीय बृद्धको मृत्यु भएको हो ।
ती वृद्धमा मुटु, उच्च रक्तचाप र मधुमेह रोगको समस्या रहेको प्रतिष्ठानले जनाएको छ। कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएपछि उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
प्रदेश १ मा कोभिड– १९ बाट भएको यो नै पहिलो मृत्यु हो । मृतकको शव व्यवस्थापनको तयारी थालिएको प्रतिष्ठानले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।
Comments