एनएमसी कोप सपमा २३ जना कर्मचारीको आवश्यकता
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथमपटक सूचना प्रकाशन मितिः २०७७।४।२
संस्थाद्वारा सञ्चालित सहकारी व्यवसाय अन्तर्गत झापा जिल्लाका विभिन्न स्थानमा सञ्चालित तथा सञ्चालनको तयारीमा रहेका सहकारी पसल (NMC COOP Shop) हरुका लागि तपसिल बमोजिमका कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट खुला प्रतिष्पर्धाको लागि निवेदन आह्वान गरिन्छ ।
विज्ञापन नं. : २ (२०७७/०७८)
- पद : कार्यालय सहायक सातौँ
- संख्या : १५ (पन्ध्र) जना
- आधारभूत तलब : १३,५००।– (तेह्र हजार पाँच सय रुपैयाँमात्र)
- अन्य सुविधा : संस्थाले तोकेबमोजिम
- न्यूनतम शैक्षिक योग्यता : एसईई वा सोसरह
- उमेर : १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको
विज्ञापन नं. : ३ (२०७७/०७८)
- पद : चालक तेस्रो (प्राविधिक)
- संख्या : २ (दुई) जना
- आधारभूत तलब : १३,५००।– (तेह्र हजार पाँच सय रुपैयाँमात्र)
- प्राविधिक भत्ता : ५०००।– (पाँचहजार)
- अन्य सुविधा : संस्थाले तोकेबमोजिम
- न्यूनतम शैक्षिक योग्यता : आधारभूत तह (कक्षा ८) उत्तीर्ण
- वाञ्छनीय योग्यता : हल्का तथा हेभी सवारी चालक अनुमति पत्र
- उमेर : २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
विज्ञापन नं. : ४ (२०७७/०७८)
- पद : कोपसप सहयोगी दोस्रो
- संख्या : ६ (छ) जना
- आधारभूत तलब : १२,०००।– (बाह्र हजार रुपैयाँमात्र)
- अन्य सुविधा : संस्थाले तोकेबमोजिम
- न्यूनतम शैक्षिक योग्यता : आधारभूत तह (कक्षा ८) उत्तीर्ण
- उमेर : २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको
अन्य बुँदाहरु :
१) माथि उल्लिखित विज्ञापनहरु संस्थाको सहकारी पसल व्यवसाय अन्तर्गत निम्न स्थानका लागि आह्वान गरिएको छ । आवेदकहरुले आवेदन पेस गर्दा आफूले काम गर्न चाहेको स्थान खुलाउनु पर्नेछ ।
(क) प्रधान कार्यालय, बिर्तामोड
(ख) बिर्तामोड सहकारी पसल
(ग) बनियानी सहकारी पसल
(घ) दूधे सहकारी पसल
(ङ) खुदुनाबारी सहकारी पसल
(च) गौरीगञ्ज सहकारी पसल
(छ) राजगढ सहकारी पसल
२) आवेदकहरुले संस्थाले तोकेको दरखास्त फारम, आवश्यक कागजातको प्रतिलिपि र व्यक्तिगत विवरण (Bio-Data)सहित हस्तलिखित निवेदन संस्थाको बैङ्किङ कार्यालयहरुमा बुझाउन सकिनेछ । दरखास्त फारम संस्थाको वेबसाइट www.nmc.coop.np वा संस्थाका बैङ्किङ कार्यालयहरुबाट प्राप्त गर्न सकिनेछ ।
३) निवेदनका साथ हालसालै खिचेको ३ प्रति पासपोर्ट साइजको फोटो उपलब्ध गराउनु पर्नेछ ।
४) आवेदन शुल्क विज्ञापन नं. २ (कार्यालय सहायक सातौँ) को हकमा रु. ३००।– (तीन सय रुपैयाँ मात्र) र विज्ञापन नं. ३ (चालक तेस्रो) र विज्ञापन नं. ४ (कोपसप सहयोगी) को हकमा रु. २००।– (दुई सय रुपैयाँ मात्र) तोकिएको छ ।
५) विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षताको प्रमाण पत्र अनिवार्य पेस गर्नु पर्नेछ ।
६) आवेदकको उमेरको हकमा आवेदन भर्ने अन्तिम मितिलाई आधार मानिने छ ।
७) आवेदन शुल्क संस्थाको प्रधान कार्यालयको बचत हि.नं. 99-58-00000021, NMC-COOP CORPORATE OFFICE खातामा जम्मा गरी जम्मा गरेको भौचर आवेदन फाइलमा अनिवार्य राख्नु पर्नेछ ।
८) परीक्षा प्रणाली निम्नअनुसार हुनेछ ।
(क) विज्ञापन नं. २ : लिखित, मौखिक र प्रयोगात्मक
(ख) विज्ञापन नं. ३ : प्रयोगात्मक र मौखिक
(ग) विज्ञापन नं. ४ : लिखित र मौखिक
९) अन्तिम छनोटमा परेका उम्मेद्वारहरुले संस्थाले तोकेअनुसारको धितो धरौटीको व्यवस्था गर्नुपर्नेछ ।
१०) सेवाको प्रकृति करार हुनेछ । मासिक, दैनिक वा घण्टाको आधारमा संस्थाले तोकेबमोजिम कार्य गर्नु पर्नेछ ।
११) सेवा अवधिको पहिलो ६ महिनालाई परीक्षणकाल मानिनेछ ।
१२) स्थानीयलाई प्राथमिकता दिन सकिनेछ ।
१३) संस्थाको कर्पाेरेट मानव संसाधन व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ (संशोधन २०७७) बमोजिम सञ्चयकोष, ग्रेड, उपदान, साधारण भत्ता, बोनस र सञ्चिती विदा लगायतका अतिरिक्त सुविधा प्रदान गरिने छ । साथै रु. ७ लाखसम्मको कर्मचारी दुर्घटना बीमा गराइनेछ ।
१४) आवेदन दर्ता गर्ने अन्तिम मिति २०७७ साउन ८ गते बिहीबारसम्म ।
१५) सम्पर्क मिति २०७७ साउन ९ गते शुक्रबार हुनेछ र सोही मितिमा परीक्षा सम्बन्धी जानकारी संस्थाको कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।
पुनश्चः अनावश्यक सिफारिसले आवेदकको योग्यता माथि प्रश्न चिह्न खडा हुने हो कि !
थप जानकारीका लागि : ९८५२६८९४१६/९८५२६८९४१७
Comments