Sajhamanch Archive

बुद्धशान्तिका शिक्षकलाई नेल्टाको तालिम

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

बुद्धशान्ति । नेपाल इङ्लिस ल्वाङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) झापाद्वारा बुधबारेमा संचालन गरिएको ६ दिने अनलाइन तालिम आज शुक्रबार सम्पन्न गरिएको छ ।

बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाको आयोजनामा सो शाखाका प्रमुख कमलप्रसाद निरौलाको प्रमुख आथित्यमा तालिम सम्पन्न गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै कोभिड–१९ को महामारीमा वैकल्पिक विधि, विषयवस्तुको ज्ञान, प्रविधि एवम् शिक्षक विद्यार्थी मनोविज्ञानका विषयमा तालिम आयोजना गरिएको बताए ।

नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराइको अध्यक्षतामा गरिएको समापन कार्यक्रममा उनले अनलाइन तालिम प्रभावकाकारी एव प्रविधिमैत्री भएकाले हरेक शिक्षकका लागि अति आवश्यक रहेको जिकिर गरे ।

तालिम समापन कार्यक्रमको संचालन टिकाप्रसाद सुबेदीले गरेका थिए । तालिमलाई गुणराज नेपाल, लोकबहादुर खत्री , टंक भट्टराई, टिकाप्रसाद सुबेदी, केशब उप्रेती र जेनी राइले सहजीकरण गरेका थिए । अब के गर्ने र कसरी गर्ने भन्ने अन्यौल अवस्थालाई यस प्रकृतिको तालिमले निकास दिन अत्यन्त ठूलो सहयोग गरेको सहभागी शिक्षक सिपी पौडेलको भनाई छ ।

असार २८ देखि सुरु भएको उक्त तालिममा बुद्धशान्ति गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरुको सहभागिता रहेको नेल्टा कोषाध्यक्ष भुपेश मर्डीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *