Sajhamanch Archive

साहित्यकार ‘लाटो साथी’को निधन

Published: in राष्ट्रिय समाचार, साहित्य by .

झापा । संस्कृत तथा नेपाली भाषा साहित्यका प्रकाण्ड विद्वान् प्रा. डा. विष्णुराज आत्रेय (लाटो साथी) को पेटको क्यान्सरका कारण ७४ वर्षको उमेरमा आज निधन भएको छ ।

संस्कृत, नेपाली र अवधी भाषामा बराबर कलम चलाउन सक्षम डा. आत्रेयका वैदेही महाकाव्य, ढाक्रे, कपिलवस्तु, सोमतीर्थ, सुपा देउराली आदि खण्डकाव्यहरू, हामीभित्रको म उपन्यास लगायत ३८ वटा कृतिहरू प्रकाशित छन् ।

डा. आत्रेय नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्यसमेत रहेका थिए । उनी अष्ट्रियाको भियना विश्वविद्यालयका प्रा० अलका आत्रेयका पिता हुन् । साहित्यकार आत्रेयको जन्म वि. सं. २००३ सालमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *