सहारा नेपालद्वारा ऋणि सदस्यको ३ करोड ४५ लाख रुपैयाँ व्याज मिनाहा
Published:
by .झापा । आफ्ना शेयर सदस्य, कारोबारी सदस्य र समुदायको पनि मनमनमा बस्न सफल सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले उसका ऋणि सदस्यहरुलाई ३ करोड ४५ लाख रुपैयाँ व्याज मिनाहा गरेको छ ।
कोरोना भाइरस संक्रमणको सन्त्रासका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि सदस्यहरुको आर्थिक गतिविधि न्यून भएको महसुस गरी २०७७ असार मसान्तसम्म ऋणको पाकेको व्याजमा १० प्रतिशत छुट गरेको हो । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आज प्रेस विज्ञप्ती प्रकाशन गरी सो अवधिमा बचत तथा ऋण कुनैमा पनि हर्जना र जरिवाना नलिइएको तथा ऋणको किस्ता स्वेच्छिक रुपमा बुझाउन सकिने व्यवस्था गरिएको जनाएका छन् ।
वित्तीय कारोबार तथा सदस्य संख्याका आधारमा मुलुककै ठूलो मध्येको एक सहकारी सहारा नेपाल साकोसले चार महिना लकडाउन हुँदा पनि आर्थिक वर्ष २०७६/०७७ को समाप्तिमा वित्तीय आँकडामा सकारात्मक परिणाम निकाल्न सफल भएको विज्ञप्तीमा उल्लेख छ ।
लकडाउनकोे समयमा सहारा नेपालले सामाजिक उत्तरदायित्व अन्तरगत देखिने गरी काम गरेको छ । संस्थाको अगुवाईमा एकका लागि एक अभियान सञ्चालन गरेर सदस्य तथा समुदायलाई थोरै भए पनि स्वास्थ्य चेतना जागरण एवम् दैनिक उपभोग्य सामाग्री राहत प्रदान गरिएको थियो । आफ्ना विपन्न सदस्यहरुलाई पाँच हजार रुपैयाँसम्म निव्र्याजी विपत सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको छ ।
संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका ६ वटै जिल्लाका स्थानीय तहहरुलाई विपद् राहत कोष सञ्चालन गर्न आर्थिक सहयोग गरेर पनि फरक पहिचान बनाएको छ ।
Comments