Sajhamanch Archive

बनारसको भाइरल भिडियोमा देखिएका व्यक्ति भारतीय नै, पैसा लिएर नेपाली बनेको खुलासा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

काठमाण्डौ । उत्तर प्रदेशको वाराणासीको भाइरल भिडियोमा देखिएका व्यक्ति नेपाली नभइ भारतीय नै भएको खुलेको छ । यसअघि नेपाली नागरिकको जबर्जस्ती कपाल खौरेर जय श्री राम लेखिएको भनिएकोमा शनिबार घटनामा नयाँ मोड आएको हो ।

वाराणासीका एसएसपी अमित पाठकका अनुसार भिडियोमा देखिएका व्यक्ति नेपाली नभइ भारतीय नै भएको बताए । प्रहरी टिमले ती व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ गर्दा यस्तो तथ्य बाहिरिएको हो ।

कथित नेपाली युवकले आफ्नो नाम धर्मेन्द्र सिंह भएको बताए । उनी साडीको पसलमा काम गर्छन् । लकडाउनको कारण आर्थिक सङ्कट झेलिरहेका सिंहलाई संस्थाका सदस्यले एक हजार भारतीय रुपैयाँको लोभ देखाएर भिडियो बनाएको एसएसपी पाठकले बताए ।

यो तथ्य बाहिरिएपछि प्रहरीले विश्व हिन्दू सेनाका संस्थापक र मुख्य आरोपी अरुण पाठकको खोजी सुरु गरेको छ । उनीहरुविरुद्ध मुद्दा दर्ता भएको छ ।

मुद्दा दर्ता भएलगत्तै प्रहरीले पक्राउ गर्न खोजी सुरु गरेको हो । अहिलेसम्म चार जनालाई पक्राउ गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

गएको बुधबार कथित नेपाली नागरिकको जबर्जस्ती कपाल खौरिएको भिडियो भाइरल भएको थियो । कपाल खौरिदिएपछि ती युवकको टाउकोमा जय श्री राम लेखेर नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरद्ध नाजाबाजी भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *