Sajhamanch Archive

नागरिक अधिकारका लागि सिंह मानिने अमेरिकी सांसद लेविसको निधन

Published: in राजनीति, विश्व समाचार by .

अट्लान्टा । अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ । नागरिक अधिकारको लडाइँका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने लेविसको ८० वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

अमेरिकाका सभामुख नान्सी पेलोसीले लेविसको निधनको पुष्टि गरेका हुन् । सभामुख पेलोसीले स्वर्गीय लेविसलाई नागरिक अधिकारका लागि लडेको असाधारण व्यक्तिको रुपमा स्मरण पनि गरेका छन् ।

लेविसप्रति समवेदना व्यक्त गर्दै सभामुख पेलोसीले उनलाई राष्ट्रले सधैँ सम्झिरहने र आदर गरिरहने पनि विश्वास व्यक्त गरेका छन् । शुक्रबार राति नै सभामुख पेलोसीले शोक वक्तव्य प्रकाशित गर्दै आफ्नो अति नै आदरणीय र प्रिय व्यक्तिलाई गुमाउनु पर्दा दुःख लागेको उल्लेख गरेका छन् ।

गत सन् २०१९ को डिसेम्बर महिनामा लेविसको पाचन ग्रन्थीमा क्यान्सर भएको पत्ता लागेको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । लेविसको जन्म सन् १९४० मा अलाबामा भन्ने ठाउँमा सामान्य किसान परिवारमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *