नागरिकता किर्ते मुद्दाका फरार प्रतिवादी भीमबहादुर खड्का पक्राउ
Published:
by .भद्रपुर । किर्ते गरी नागरिकता बनाएको मुद्दा लागेका फरार एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार बुद्धशान्ति गाउँपालिका वडा नं. ४ का ४२ वर्षीय भीमबहादुर खड्कालाई पक्राउ गरेको हो ।
नागरिकता किर्ते मुद्दामा झापा जिल्ला अदालतबाट २०७३ जेठ ३१ मा दोषी ठहर भएका खड्का फरार थिए । उनलाई अदालतले डेढ वर्ष कैद र ५ हजार ५५० रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
फैसला लगत्तै खड्का फरार भएका खड्कालाई विशेष सूचनाका आधारमा शुक्रबार गाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिएका हुन् ।
Comments