Sajhamanch Archive

बुधबारे जेसीजमा नयाँ सदस्यहरुलाई अभिमुखीकरण तालिम

Published: in लोकप्रिय, समाज by .

बुद्धशान्ति । बुधबारे जेसीजले आफ्ना नयाँ सदस्यहरुलाई सोमबार तालिम दिएर जेसीज सेवाकार्यको अभिमुखीकरण गरेको छ । कार्यक्रममा वीरता जेसीज वर्ष २००३ का अध्यक्ष तथा नेपाल जेसीज वर्ष २००४ का राष्ट्रिय उपाध्यक्ष शिवकुमार अग्रवालले जेसीजबारे नयाँ सदस्यहरुलाई प्रशिक्षण गरेका हुन् ।

अग्रवालको प्रशिक्षणमा पछिल्लो समय बुधबारे जेसीजको नयाँ सदस्यका रुपमा आएका जेसीहरुलाई जेसीजका बारेमा बुझ्न सहज होस् भनी तालिम संचालन गरिएको बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईले जानकारी दिएका हुन् ।

जेसीज के हो ? जेसीजले के के गर्छ ? जस्ता विषयहरुमा संचालन भएको सो तालिमबाट जेसीजको बारेमा धेरै ज्ञान मिलेको नयाँ सदस्यहरुले बताएका छन् ।

बुधबारे जेसीजका सचिव अनिल वाग्लेको संयोजकत्वमा भएको कार्यक्रम महासचिव दिपेन सिटौलाले सञ्चालन गरेका थिए । बुधबारे जेसीजका पूर्व अध्यक्ष सेमन्त पोखरेल, रमेश बराल, प्रकाश भण्डारीलगायतको आतिथ्यमा भएको कार्यक्रममा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईले जेसीज सिक्ने ठाउँ भएको बताउँदै आफू जेसीज लगायत अन्य विभिन्न संघ–संस्थामा प्रतिनिधिका रुपमा कार्य गर्ने अवसर जेसीजबाट प्राप्त भएको बताए ।

पूर्व अध्यक्ष सेमन्त पोखरेलले शुभकामना मन्तब्य राखेको कार्यक्रममा उपस्थित प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । सेम्पल टेक्निकल इस्टिच्युट बुधबारेको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिम कार्यक्रममा जेसीज आस्था वाचन कार्यकारीणी उपाध्यक्ष जेसी गोकुल पौडेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *