Sajhamanch Archive

भद्रपुरमा विद्यालय सञ्चालनका लागि मापदण्ड निर्धारण, प्रज्ञा एकाडमी अनुगमन

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह, by .

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमति दिने तयारी भएको छ । नगर शिक्षा समितिले विद्यालयको भौतिक पूर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि तोकिएको मापदण्ड बारे अनुगमन सुरू गरेको हो ।

नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा शिक्षा, स्वास्थ्यसहितको प्राविधिक टोलीले तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधार पूरा गरे नगरेको स्थलगत अनुगमा थालेको हो ।

सोमबार भद्रपुर १० स्थित प्रज्ञा एकाडमीमा गरिएको अनुगमनका क्रममा कोरोना रोगको भाइरस सर्न नदिने वातावरण निर्माण अन्तर्गत तयारी गरिएको निशेचीकरण उपकरण जडान, त्यसबाट उत्पन्न हुन सक्ने लाभ हानी, प्रयोग गरिने रसायन लगायतको बारेमा प्राविधिक पक्षबाट छलफल समेत गरिएको थियो ।

विद्यालयका संस्थापक प्रिन्पिल इशुभ पाण्डेले विद्यालय प्रवेश द्वारमा बनाइएको संक्रामक किटाणु नास गर्ने निशेचीकरण स्थल, सवारी साधन सफाई गर्ने उपकरण, हात धुने स्थान, पिउने तातोपानीको व्यवस्थापन लगायत कक्षा सञ्चालन स्थलसमेत रोग संक्रमण जोखिम मुक्त बनाइएको जानकारी दिँदै अवलोकन गराएका थिए ।

प्राविधिक पक्षको नेतृत्व लिएका नगर स्वास्थ्य शाखा प्रमुख मनोज भट्टराईले विद्यालयको तयारी मापदण्ड अनुसार भएको जानकारी दिलाउँदै निशेचीकरणका लागि प्रयोग हुने रसायन बालबालिकाको स्वास्थ्य अनुकूलको मिश्रण बनाउन सुझाव समेत दिए ।

नगर शिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुख जीवनकुमार श्रेष्ठले कोरोना संक्रमण त्रास जीवितै भए पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सजग भएर शिक्षण गर्दा बाल बालिकालाई जोगाउन सकिने प्रष्ट पार्दै रोग लाग्ने त्रासले सधैभर भाग्न नसकिने दृष्टिकोण सुनाए । उनले मादण्ड पूरा गर्नसक्ने विद्यालयहरूको बारेमा साउन ८ गतेपछि निर्णय गरेर सञ्चालन गर्न दिन सकिने पनि स्पष्ट पारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *