Sajhamanch Archive

टिभी कार्यक्रम विरुद्ध बिर्तामोड नगरपालिकाका उपप्रमुख अदालत जाने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपपप्रमुख पवित्रा महतारा प्रसाईले न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने सिधा कुरा जनतासँगले आफ्नो व्यक्तिगत प्रतिष्ठमाथि आँच पुर्याएको बताएकी छन् ।

कार्यक्रमका प्रस्तोता रवि लामिछाने र तिनको समूहले नितान्त भ्रामक र कपोलकल्पित सामग्री उत्पादन गरी प्रसारण गरेको उनको भनाई छ । आज नगरपालिकामा पत्रकार सम्मेलन गरी उपपप्रमुख प्रसाईले मानिसले चासो दिएर हेर्ने गरिएको भनिएको सो कार्यक्रममा प्रसारण गरिने विषयवस्तुहरु भ्रामक, असत्य एवम् कपोलकल्पित हुँदा रहेछन् भन्ने प्रमाणित भएको पनि बताइन् ।

उपप्रमुख महताराले सिधा कुरा जनतासँगको टिमलाई सोधेकी छन्, ‘मासिक तलब पाउने गरी ४–५ महिना घरमा काम गर्न बसेकी एक महिला सहयोगीलाई जोडेर उत्पादन गरिएको काल्पनिक सामग्री प्रसारण गर्नु अघि सम्बन्धित व्यक्तिलाई यथार्थ सोध्न किन नसकिएको ? आफ्नै गलत हर्कतले गर्दा हाम्रा अघिल्तिर अनुहार नदेखाएकी ती महिलमाथि टेलिभिजन च्यानलले ‘चोरी गरेको भन्ने’ अझ ठूलो आक्षेप लगाउनु कतिको जायज छ ?’

कार्यक्रमको टिआरपी बढाउन सिधा कुरा जनतासँगले एकतर्फी आरोपको चाङ थुपार्नु यसका उत्पादक र प्रस्तोताको कमजोरी रहेको उनको जिकिर छ । ‘घटनाको वास्तविकता एकातिर राखेर एकतर्फी रुपमा व्यक्तिको प्रतिष्ठामा आँच आउने गरी कार्यक्रम प्रसारण गरिनु पत्रकारिताको सिद्धान्तभित्र पर्ने कुरा हुनै सक्दैन’ उपप्रमुख महताराको भनाई छ ।

सो कार्यक्रम उत्पादक, प्रस्तोता र उनको सिङ्गो टिमले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच पुर्याएकाले सो को सुनवाई, छानविन र क्षतिपूर्तिका लागि प्रेस काउन्सीलमा उजुरी गर्ने तथा अदालतमा समेत मुद्धा हाल्ने तयारी रहेको पनि उनले जानकारी दिइन् । कार्यक्रममा आफूलाई जोडेर गलत सन्देश प्रवाह गरेको थाहा पाएपछि सच्याउनका लागि आफूले कार्यक्रमको टिमलाई पटकपटक टेलिफोनमार्फत् आग्रह गर्दा पनि बेवास्ता गरेकाले बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको उनले जनाइन् ।

https://www.facebook.com/watch/?v=639997036607086

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *