Sajhamanch Archive

नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा सामग्री आपूर्ति गर्ने तथा सेवा प्रदान गर्न सूचिकरणका लागि आव्हान

Published: in विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.  NMC COOP

प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टा

सूचिकरणका लागि आह्वान

प्रथमपटक प्रकाशित मिति : २०७७।४।३

यस संस्थाद्वारा सञ्चालित एनएमसी सहकारी पसल COOP SHOP को लागि तपसिल अनुसारका सेवा तथा सामग्रीहरु आवश्यकता भएको हुँदा उपलब्ध गराउन सक्ने सेवा प्रदायक कम्पनी/फर्महरुले आफूले उपलब्ध गराउन सक्ने सामग्री तथा सेवाहरुको माग गरिएको विवरणसहितको खामबन्दी कोटेसन आह्वान गरिन्छ ।

सामान तथा सेवाको विवरण :

१. फर्निचर निर्माणः नयाँ सहकारी पसल सञ्चालन हुने ठाउँमा स्थलगत भ्रमण गरी त्यहाँको आवश्यकता बमोजिम काउन्टर, सिसाको ढोका, आलुमिनियम पार्टिसन, र्याक निर्माणको कार्य गर्नुपर्नेछ ।

२. वायरिङ्गः नयाँ सहकारी पसल सञ्चालन हुने ठाउँमा स्थलगत भ्रमण गरी त्यहाँको आवश्यकता बमोजिम वायरिङ्ग कार्य गर्नुपर्नेछ ।

३. कलरिङ्गः नयाँ सहकारी पसल सञ्चालन हुने ठाउँमा स्थलगत भ्रमण गरी त्यहाँको आवश्यकता बमोजिम रङ्ग रोगनको कार्य गर्नुपर्नेछ ।

४. रङ आपूर्तिः नयाँ सहकारी पसल सञ्चालन हुने ठाउँमा स्थलगत भ्रमण गरी त्यहाँको आवश्यकता बमोजिम संस्थाको कोड अजुसारका रङ्ग तथा सोका लागि चाहिने अन्य सामग्रीहरु आपूर्ति गर्नुपर्नेछ ।

५. मेशिनरी तथा यन्त्र उपकरणः नयाँ सहकारी पसल सञ्चालन हुने ठाउँमा आवश्यक पर्ने मेशिनरी तथा यन्त्र उपकरणहरुको कोटेसन गर्ने प्रयोजनका लागि संस्थामा सूचिकृत हुनुपर्नेछ ।

 एनएमसी सहकारी पसल उपसमिति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *