फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको स्थापना दिवसमा रक्तदान र आर्थिक सहयोग हस्तान्तरण
Published:
by .बिर्तामोड । फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले झापाको बिर्तामोड र दमकमा रक्तदान कार्यक्रम गरेर आज आफ्नो छैटौं स्थापना दिवस मनाएको छ । महासंघले नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमबाट ७८ पिन्ट रगत संकलन गरी हस्तान्तरण गरेको हो ।
महासंघले ‘मानव सेवा नै धर्म हो’ भन्ने नारालाई आत्मसाथ गरी माईपश्चिमको दमक र माईपूर्वको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको महासंघका झापा अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिए । बिर्तामोडमा भएको रक्तदानमा ३७ र दमकमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको थियो ।
यसैबीच, महासंघले आफ्नो छैटौं स्थापना दिपसको अवसरमा एकका लागि एक अभियानको संयोजनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशालाका लागि ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । अध्यक्ष गिरीले सो रकम एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीलाई हस्तान्तरण गरेका थिए ।
Comments