झापा प्रशासनद्वारा सुत्केरी युवतीको कैद मिनाहा
Published:
by .भद्रपुर । सार्वजनिक अपराध अन्तरगत झापा कारागारमा बन्दी जीवन बिताई रहेकी एक युवतीलाई जिल्ला प्रशासन कार्यालय झापाले कैद मिनाह गरी रिहा गरेको छ ।
५ हजार जरिवाना बुझाउन नसकी कारागार चलान भएकी भद्रपुर ४ की १९ वर्षीया शुष्मा गुरुङले बच्चा जन्माएपछि कारागारमा सुरक्षित राख्ने ठाउँ अभावमा मानव अधिकारका लागि एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको जिम्मामा बाँकी कैद मिनाह गरी जिल्ला प्रशासन झापाले रिहा गरेको हो ।
आर्थिक अवस्था कमजोर रहेकी शुष्मा चैत्रदेखि झापा कारागारमा बन्दी जीवन बिताई रहेकी थिइन् । बृद्धा आमासित रहेकी उनलाई सुत्केरी भएपछि एकल महिलाको महिला तथा बालबालिका संरक्षण केन्द्र (डब्लुएचआर) मा राख्नका लागि लगिएको थियो ।
तर युवतीले आफ्नी आमासित घरमै बस्न चाहेपछि अध्यक्ष रेखा अधिकारीले सुत्केरीका लागि आवश्यक खानपिन सामग्रीसहित भद्रपुर ४ स्थित घरमा आमाको जिम्मा लगाइएको जनाइएको छ ।
Comments