Sajhamanch Archive

पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा प्रालिमा नयाँ सञ्चालकहरु चुनिए

Published: in अर्थतन्त्र, प्रदेश तह, समाज by .

बिर्तामोड । यहाँस्थित पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा प्रा.लि.को प्रथम साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यक्रमहरु तय गरेको ।

बिहीबार बिर्तामोडमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले कर्मसिंह घिसिङको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको नवनिर्वाचित सचिव राकेश सिंहले जानकारी दिएका छन् ।

कम्पनीको सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा ऋषिराज रिजाल, उपाध्यक्षमा गणेशबहादुर राय, सचिवमा राकेश सिंह, सहसचिवमा प्रदिप चिमरिया र कोषाध्यक्षमा रमा सापकोटा चयन भएका छन् ।

त्यसैगरी कम्पनीका सञ्चालक सदस्यहरुमा पदमबहादुर तामाङ (देवराज), दधिराम सिटौला, सावित्रा घिसिङ, गंगा पासवान र मेघबहादुर पौडेल चयन भएको सचिव सिंहले जनाएका छन् ।

सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको उक्त कार्यक्रममा बोल्दै उनले विभिन्न प्राविधिक पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरु एकजुट भई यस प्रकारको सेवा दिन पूर्वाञ्चलमा खुलेको यो नै पहिलो संस्था भएको र सबै एकजुट भई जाने हो भने यसको भविष्य सुन्दर रहेको बताए ।

संस्थाका अध्यक्ष कर्मसिंह घिसिङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा भावी कार्ययोजनासहितको संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष रमा सापकोटाले आय–व्यय प्रस्तुत गरेकी थिइन् ।

विर्तामोड क्षेत्रमा विभिन्न पेशा र व्यवसाय गरी बस्ने ५८ जना शेयर सदस्य रहेको यस संस्थाको अधिकृत पुँजी एक करोड तथा चुक्ता पुँजी २५ लाख रहेको छ ।

मानिसको दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न प्राविधिक सेवाहरु सिटिइभिटीबाट मान्यता प्राप्त व्यक्तिबाट प्रदान गर्ने तथा अदक्ष जनशक्तिलाई प्राविधिक सीप सिकाई दक्ष बनाएर स्थानीय स्तर मै सेवा दिने कम्पनीको उद्देश्य रहेको संस्थाका वरिष्ट उपाध्यक्ष ऋषिराज रिजालले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *