Sajhamanch Archive

सूर्योदय नगरपालिकाद्वारा बिसी र लोहारलाई सम्मान (नगरप्रमुख राईको भावनात्मक स्टाटससहित)

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

इलाम । इलामको सूर्योदय नगरपालिकाले आफ्ना १४ वटै वडाभित्र गठन गरिएको टोल विकास संस्थाहरुमध्ये सर्वोत्कृस्ट ठहर गरिएको वडा नं. १३ को किरण टोल किास संस्थालाई आज प्रशंशापत्रसहित सम्मान गरेकोे छ ।

आर्थिक वर्ष २०७/०७८ को वार्षिक नगर विकास योजना सार्वजनिक कार्यक्रमको अवसरमा नगर कार्यपालिकाले किरण टोल विकास संस्थाका अध्यक्ष विशाल बिसीलाई प्रशंशा पत्र प्रदान गर्दै दोसल्ला ओडाएर नगद पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो।

नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा प्रदेश १ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त सम्मान गरिएको हो ।

पछिल्लो समय टोल विकास संस्थाहरुको गठनले वडा तथा नगरपालिकालाई कार्ययोजना बनाउन सजिलो भएको भन्दै प्रमुख अतिथि रानाले आफ्न्नो टोलको जिम्मावरी र परिवर्तनका लागि टोलबासीले अग्रसरता लिनुपर्ने आवश्यकता औंल्याएका छन् । एउटा सफल टोल निर्माणले अरु लाखौं टोलहरुको उदाहरणीय बन्नुका साथै रचनात्मक कार्यले नगरलाई थप सहज हुने उनको भनाई छ ।

सोही कार्यक्रममा कम्ती नै भए पनि निरन्तर आयआर्जन गरेर परिवार पालिरहेका ७० वर्षीय धनबहादुर लोहार पनि सम्मानित भएका छन् । नगरप्रमुख रनबहादुर राइले आज साँझ आफ्नो फेसबुक टाइमलाइनमा स्टाटस राख्दै धनबहादुरलाई सम्मान गर्नुको औचित्य यसरी खुलाएका छन् ।

“ राहत लिएन तर दिएर पठाए”

सूर्योदय नगरपालिकाबाट सम्मानित हुने व्यक्तित्वहरू मध्ये श्री धनबहादुर लोहार पनि हुन् । उमेरले ७० वर्ष तर आरन चलाई आफूलाई काममा सक्रिय राख्नुहुन्छ । आफ्नो पेशाको सम्मान मात्रै होइन, संरक्षण गरेर पुस्तान्तर होस् भन्ने चाहना राख्नुहुन्छ ।

सित्तैमा खाना पाइँदैन, मान्छेलाई आशे बनाउनु हुँदैन । तर श्रम गर्नेको निम्ति वातावरण बनाइदिनु पर्छ भन्ने कुरामा आफ्नो मत राख्नुहुन्छ।

यति मात्रै कहॉ हो र ?,

नगरपालिकाले कोरोना भाइरसको कारण लामो बन्दाबन्दीमा वितरण गरेको राहत ठाडै अस्वीकार गर्नु भो उहॉले । यो राहत मेरो निम्ति होइन, म काम गर्न सक्छु। असहाय र असंगठित श्रमिकहरूलाई दिनुहोला ।

बरू मेलै बचाएको यो पनि लिएर जानुहोस् । असहाय व्यक्तिहरूले पाउन् भनी तीन हजार दिएर पठाउनु भो ।

नगरपालिका साँच्चै गौरवान्वित भयो । नगरमा समाजको जिम्मेवारी लिई बस्नुहुने यस्ता महान व्यक्तित्व पाउँदा ।

श्री धनबहादुरले श्रम गरेर केवल तीन हजार बचाउनु भो, जब समाजलाई आवश्यक पर्यो आफ्नो जिम्मेवारी सम्झेर दिनुभो ।

तर समाजमा सम्पतिको भण्डारण गरेर बसेका पनि कैयौं व्यक्तिहरू छन् तर समाजको दुख देख्दैनन् ।

भोज, भतेर र सामाजिक हैसियत कायम राख्न करोडौं खर्च गर्छन् । वियर र ब्राण्डका रक्सीहरूको चुस्की लगाएर आफूलाई शानदार व्यक्तित्वको परिचय दिन्छन् ।

गुनासाका सुस्केरा हाल्न कहिले थाक्दैन । तर जीवनको सबैभन्दा सुन्दर क्षतिपूर्ति लिन कहिले अग्रसर हुँदैन। सुन्दर क्षतिपूर्ति त त्यस्तो महान व्यक्तिले पाउँछन् जो श्री धनबहादुर लोहार जस्तो ठूलो मुटु बोकेर आउँछन् ।

अन्य धेरै व्यक्तित्वहरू कोरोना राहत कोषमा सहयोग गर्न आउनु भो । तीन चार घण्टा हिडेर चप्ली बजार्दै आई राहत कोषमा रकम जम्मा गरी सहृदयी बन्नुभो । कतिलाई देखेर केही कार्यपालिकाको सदस्यहरू भाव विह्ववल हुनुभो । कारण ठूलो मुटु ।

त्यस्ता व्यक्तिहरूप्रति नगरपालिका कृतज्ञता अर्पण गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *