Sajhamanch Archive

अर्जुनधारामा साउन १८–२२ पाँच दिन लकडाउन

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

अर्जुनधारा । कोरोना संक्रमण समुदायमा फैलिएको निश्कर्ष पछि अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगरक्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को आज आकस्मिक बैठक बसेर भोलिदेखि (साउन १८ गते) बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।नगरपालिकामा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय गरेको जनाइएको छ ।

बिहीबार अर्जुनधारा वडा नम्बर १ का एक व्यक्तिमा कारोना भाइरस संक्रमण पुष्टि भएको थियो । सो पछि अर्जुनधारामा समुदायमा कोरोना भाइरस संक्रमित भेटिएको निश्कर्षसहित समुदायमा स्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगरप्रमुख हरिकुमार रानाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *