दमकमा पनि चेम्बरको नगर समिति गठन
Published:
by .दमक । शनिबार झापाको दमकमा चेम्बर अफ कमर्शको तदर्थ समिति गठन भएको छ। तदर्थ समितिको अध्यक्षमा राजेन्द्रकुमार ढकाल, वरिष्ठ उपाध्यक्षमा अजय अग्रवाल चयन भएका छन् ।
उद्योग उपाध्यक्षमा रामचन्द्र बराल, वाणिज्य उपाध्यक्षमा चन्द्रमाया निरौला, महासचिवमा रामप्रसाद रिमाल, उद्योग सचिवमा दिपक खरेल, वाणिज्य सचिवमा खेम सापकोटा र कोषाध्यक्षमा सन्दिप सहिवाला चुनिएका छन् ।
दमक चेम्बर अफ कमर्शको सदस्यहरुमा भगवान बस्नेत, गोविन्द भट्टराई, कृष्णप्रसाद अधिकारी, राजकुमार गुप्ता, गजेन्द्र निरौला, इन्द्रमाया कार्की, दिवश राई, मैयादेवी आचार्य र याम पाठक चयन भएका छन् ।
रामचन्द्र बरालले सञ्चालन गरेको कार्यक्रममा अजय अग्रवालले स्वागत गरेका थिए । कार्यक्रमको अध्यक्षता राजेन्द्रकुमार ढकालले गरेका थिए । अध्यक्ष ढकालले आफूहरुले कसैको प्रतिस्पर्धी संस्था नबनाएर ब्यवसायिक हितका लागि सहकार्य गर्ने गरी संगठित भएको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि चेम्बर अफ कमर्स झापाका सचिव बिरोध सुवेदीले चेम्बर व्यवसायीहरुको पुरानो संस्था रहेको र व्यवसायीका हितमा आर्थिक नीति निर्माणमा स्थानीय सरकारलाई सहयोग गर्न वा सुझाव दिन चेम्बर अफ कमर्श झापाको समन्वयमा यसरी नै झापाका सम्पूर्ण स्थानीय तहहरुमा यसका नगर कमिटीहरु गठन गरिँदै आएको बताए ।
Comments