Sajhamanch Archive

पत्रकार अमृतलाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली

Published: in विविधा, समाज, साहित्य by .

मेचीनगर । झापाका पुराना पत्रकार अमृतलाल श्रेष्ठको ६४ वर्षको उमेरमा अहिले साँझ पौने ६ बजे निधन भएको छ । मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि डायलासिस गराउँदै उपचाररत श्रेष्ठको मेचीनगर १० स्थित निजी निवासमा निधन भएको हो ।

बिर्तामोडको विर्तासिटी हस्पिटलमा उपचाररत श्रेष्ठलाई आजै डिस्चार्ज गरी घर लगिएकोमा घर पुर्याएको केही घण्टामै उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

पत्रकार श्रेष्ठ साहित्यकार पनि थिए । उनका धेरैवटा साहित्यिक रचना प्रकाशित छन् । राष्ट्रिय समाचार समिति मेची अञ्चल प्रमुखको जिम्मेवारी समेत पूरा गरेका श्रेष्ठलाई नेवा पत्रकार राष्ट्रिय दबू केन्द्रीय कार्यसमिति लगायत विभिन्न संघ–संस्थाले सम्मानित तथा पुरस्कृत गरेको थियो ।

धुलावारी जेसीजका पूर्व अध्यक्ष लगायत विभिन्न संघ–संस्थामा समेत आवद्ध रहेर सक्रिय काम गरेका श्रेष्ठ नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय पार्षद, वर्तमान प्रदेश पार्षद, नेपाल पत्रकार महासंघको विभिन्न पदहरुमा रहेर काम गरेका थिए ।

स्वर्गीय अमृतलाल श्रेष्ठका पत्नी, दुई छोरा र एक छोरी छन् । झापाली पत्रकारिता तथा साहित्यका एउटा नक्षत्र अमृतलाल श्रेष्ठको असामयिक निधनप्रति भसाझामञ्च मिडिया प्रालि तथा साझामञ्च डटकम परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *