Sajhamanch Archive

कमल गाउँपालिकाको ताजा निर्णयः भदौ ६ सम्म कारोबार समय ८–१

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । कमल गाउँपालिकाले कोभिड–१९ को रोकथाम एवम् नियन्त्रणका लागि आजदेखि भदौ ६ गते रातिसम्म अत्यावश्यक सेवा बाहेकका सबै कार्यहरु सञ्चालनमा रोक लगाएको छ । आइतबार बिहान बसेको कार्यपालिका बैठकले गाउँपालिका क्षेत्रभित्र लागू हुनेगरी उक्त निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार स्वस्थ्य संस्था, औषधी पसल र दूध डेरी बाहेकका पसल बिहान ८ बजेदेखि १ बजेसम्ममात्र सञ्चाल गर्न पाइनेछ । आफ्नो व्यवसाय गर्दा व्यवसायीले अनिवार्य रुपमा मास्क, सेनिटाइजर र साबुन पानीले हात धोएरमात्र गर्नुपर्ने तथा भौतिक दूरी गरी अपनाउनु पर्ने गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाभित्र अर्को सूचना नहुन्जेलसम्म हाट बजार पूर्णरुपमा बन्द गरिएको छ भने २५ जनाभन्दा बढी मानिस जम्मा हुनेगरी कुनै पनि प्रकारको सभा, सम्मेलन, भेला सञ्चालन गर्न नपाइने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठद्वारा आज प्रकासित विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले सजगताका साथ स्वास्थ्य प्रोटोकलको पालन गरी बिहान १० बजेदेखि १ बजेसम्म मात्र सेवा प्रवाह गर्न पाउने कार्यपालिका बैठकले निर्णय गरेको जनाइएको छ । गाउँपालिका र वडा कार्यालयका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ्ग गरी पिसिआर परीक्षण भइसकेकोले नतिजा आउनासाथ कार्यालय सञ्चालनमा ल्याइउने विज्ञप्तिमा जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *