Sajhamanch Archive

एनएमसीका लागि मसलन्द सामग्री छपाई तथा स्टेशनरी खरिद सम्बन्धी कोटेसन आह्वान

Published: in विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा

कोटेसन आह्वान सम्बन्धी सूचना

प्रथमपटक प्रकाशित मिति : २०७७।४।३२

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) का लागि केही परिमाणमा मसलन्द सामग्री छपाई तथा खरिद गर्नु परेको हुँदा इच्छुक छापाखाना तथा स्टेसनरी सामग्री बिक्रेताबाट न्यूनतम मूल्यसहितको कोटेसन आह्वान गरिन्छ ।

क्र.सं. सामग्रीको नाम  स्पेसिफिकेसन प्रति एकाई मूल्य  कैफियत

माथि उल्लेखित तालिका अनुसार सामग्रीको सूची संस्थाको बिर्तामोड कार्यालयस्थित केन्द्रीय स्टोरबाट उपलब्ध हुनेछ । (९८५२६८९४२३)

तपशील :

१.  कोटेसन पेस गर्ने फर्म तथा कम्पनीले प्रति एकाई लेखिएको महलमा आफूले छपाई गर्ने सामग्रीको प्रति एकाई मूल्य (प्रति बण्डल, प्रति पिस, प्रति प्याकेट आदि) उल्लेख गर्नु पर्नेछ ।

२.  कैफियत महलमा पेपरको गुणस्तर, तौल, ब्राण्ड, रङ, छपाईको प्रवृत्ति, बाइण्डिङको प्रकार, प्याकेजिङको तरिका आदि उल्लेख गर्नु पर्नेछ ।

३.  सामग्री ढुवानी संस्थाको बिर्तामोडस्थित केन्द्रीय स्टोरमा गर्नु पर्नेछ ।

४.  कोटेसन आंशिक स्वीकृत, अस्वीकृत वा स्थगन गर्ने अधिकार संस्थामा रहनेछ ।

५.  कोटेसन खोल्ने मितिमा कोटेसन पेस गर्ने फर्म तथा कम्पनीलाई आमन्त्रण गर्न सकिनेछ । फर्म तथा कम्पनीको प्रतिनिधि उपस्थित नभए पनि कोटेसन खोल्न बाधा पर्ने छैन ।

६.  स्वीकृत कोटेसन आ.व. २०७७/०७८ भर लागू हुनेछ ।

७. छपाई तथा मसलन्द सामग्री आपूर्ति गर्दा संस्थाले तोकेको समयमा तोकेको परिमाणमा गर्नु पर्नेछ ।

८.  छपाई तथा मसलन्द सामग्री उपलब्ध गराए बापतको रकम भुक्तानी गर्दा नियम अनुसार करकट्टा गरिनेछ ।

९. कोटेसन स्वीकृति पछि दुई पक्षबीच सम्झौता गरी छपाई कार्य सुरु गरिनेछ ।

१०.  सूचिकरण हुन बाँकी रहेका छापाखाना तथा मसलन्द सामग्री बिक्रेताहरुले सूचिकरण गरेपश्चात कोटेसन प्रक्रियामा सहभागिता जनाउन सक्नेछन् ।

११.  कोटेसन पेस गर्ने अन्तिम मिति : २०७७ भदौ १२ गते शुक्रबार ।

१२.  कोटेसन पेस गर्ने स्थान : संस्थाको प्रधान कार्यालय (मेचीनगर–६, काँकरभिट्टा) र बिर्तामोड कार्यालय ।

थप जानकारीका लागि
मो. ९८५२६८९४१५ (प्रशासन विभाग)/९८५२६८९४२३ (केन्द्रीय स्टोर)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *