एनएमसी सहकारी पसल (कोपसप)मा सूचीकरण तथा सामान आपूर्तिका लागि कोटेसन आह्वान
Published: (Updated: )
by .नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. को पूर्ण स्वामित्वमा सञ्चालित
एनएमसी सहकारी पसल (कोपसप)
प्रधान कार्यालय बिर्तामोड, झापा
सूचीकरण तथा सामान आपूर्तिका लागि कोटेसन आह्वान
संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल (कोपसप)को लागि निम्न सामानहरु आवश्यक परेको हुँदा उपलब्ध गराउन सक्ने तथा इच्छुक फर्म वा कम्पनीहरुलाई संस्थामा सूचीकृत भई २०७७ भदौ १५ गते सोमबारसम्ममा कोटेसन पेश गर्नुहुन सार्वजनिक आह्वान गरिएको छ ।
सूचीकरणका लागि आवश्यक कागजातहरुः
- आधिकारिक लेटरप्याडमा सूचीकरणका लागि लिखित निवेदन
- फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि
- आर्थिक बर्ष २०७५/०७६ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि (२०७६/०७७ को भए पुरानो नचाहिने)
- संस्थालाई उपलब्ध गराउन सक्ने सामानहरुको विवरण
- प्रोप्राइटर वा व्यवस्थापकको व्यक्तिगत विवरण मोबाइल नम्बर, फोन नम्बर, इमेल लगायत
टिसर्ट छपाईका लागि कोटेसन आह्वान :
संस्थाको ड्रेस कोड बमोजिमका टिसर्ट आवश्यक भएको हुँदा न्यूनतम १,००० (एक हजार) थान उपलब्ध गराउन सक्ने सूचीकृत फर्म/कम्पनीले संस्थालाई उपलब्ध गराउँदा लाग्ने कपडा, सिलाई, छपाई, ढुवानी लगायत सम्पूर्ण खर्चहरु तथा भ्याटसमेत जोडी प्रतिथान मूल्यसहितको शिलबन्दी कोटेसन संस्थामा पेश गर्नुपर्नेछ । साइज, विवरण तथा स्याम्पल संस्थाको बिर्तामोड कार्यालयमा उपलब्ध हुनेछ ।
विज्ञापन उत्पादनका लागि कोटेसन आह्वानः
सहकारी पसलको प्रवद्र्धनका लागि अधिकतम ३० सेकेण्डसम्मका विभिन्न प्रकृतिका विज्ञापनहरु (टिभिसी, रेडियो जिङ्गल, प्रोमोशनल एड) उत्पादन गर्न इच्छुक सूचीकृत विज्ञापन एजेन्सी, सञ्चार प्रतिष्ठान, फर्म/कम्पनीले भ्याटसहितको मूल्य खुलाई संस्थामा शिलबन्दी कोटेसन पेश गर्नुपर्नेछ । यसरी पेश गर्दा आफूले यसअघि बनाएका सोही प्रकृतिका विज्ञापनहरुको प्रति वा आधिकारिक लिङ्कहरु समेत उपलब्ध गराउनु पर्नेछ ।
फ्रिज खरिदका लागि कोटेसन आह्वानः
सहकारी पसलको प्रयोजनका लागि निम्नानुसार फ्रिजहरु उपलब्ध गराउन सक्ने सूचीकृत फर्म/कम्पनीले संस्थालाई उपलब्ध गराउँदा लाग्ने भ्याटसहितको प्रतिथान मूल्य खुलाई संस्थामा शिलबन्दी कोटेसन पेश गर्नुपर्नेछ ।
१. डबल डुवर भिजीकुलर सोकेस फ्रिज न्यूनतम ७०० लिटर क्षमताको
२. डुअल कम्पार्टमेन्ट हार्ड टप विथ ग्लास २०० देखि ३०० लिटर क्षमताको
३. डिप फ्रिजर ३०० देखि ४०० लिटर क्षमताको
पोइन्ट अफ सेल POS Machine :
सहकारी पसलमा सामग्री बिक्री गरी सदस्यहरुलाई वितरण गरिएको संस्थाको एटिएम कार्ड मार्फत् भुक्तानी गर्ने व्यवस्था मिलाउन आवश्यक पर्ने पोइन्ट अफ सेल (पिओएस) उपलब्ध गराउन सक्ने सूचीकृत फर्म/कम्पनीले संस्थालाई उपलब्ध गराउँदा लाग्ने भ्याटसहितको प्रतिथान मूल्य खुलाई शिलबन्दी कोटेसन संस्थामा पेश गर्नुपर्नेछ ।
टिभी तथा मोनिटरः
सहकारी पसलको सिसिटिभी डिस्प्ले प्रयोजनका लागि कम्तीमा ४८ इन्चको एलइडी टिभी वा मोनिटर उपलब्ध गराउन सक्ने सूचीकृत फर्म/कम्पनीले संस्थालाई उपलब्ध गराउँदा लाग्ने भ्याटसहितको प्रतिथान मूल्य खुलाई संस्थामा शिलबन्दी कोटेसन पेश गर्नुपर्नेछ ।
वेइङ्ग मेशिन (Digital Weighing Machine):
सहकारी पसलको सामान प्याकिङ्ग तथा नापतौल प्रयोजनका लागि ३ केजी र १५० केजी क्षमताका तौल नाप्ने डिजिटल मेशिनहरु उपलब्ध गराउन सक्ने सुचीकृत फर्म/कम्पनीले संस्थालाई उपलब्ध गराउँदा लाग्ने भ्याट सहितको प्रतिथान मूल्य खुलाई शिलबन्दी कोटेसन संस्थामा पेश गर्नुपर्नेछ ।
प्रिन्टर खरिदका लागि कोटेसन आह्वानः
सहकारी पसलको प्रयोजनका लागि M200 Printer उपलब्ध गराउन सक्ने सूचीकृत फर्म/कम्पनीले संस्थालाई उपलब्ध गराउँदा लाग्ने भ्याटसहितको प्रतिथान मूल्य खुलाई शिलबन्दी कोटेसन संस्थामा पेश गर्नुपर्नेछ ।
झोला लक गर्ने टाई खरिदका लागि कोटेसन आह्वानः
सहकारी पसलबाट बिक्री गरिने सामानहरु झोलामा पोको पारिसकेपछि सिल गर्ने टाई आवश्यक परेको हुँदा उपलब्ध गराउन सक्ने सूचीकृत फर्म/कम्पनीले संस्थालाई उपलब्ध गराउँदा लाग्ने भ्याटसहितको प्रतिथान मूल्य खुलाई शिलबन्दी कोटेसन संस्थामा पेश गर्नुपर्नेछ ।
अन्य उपकरणहरु खरिदका लागि कोटेसन आह्वानः
सहकारी पसलको प्रयोजनका लागि निम्न उपकरणहरु आवश्यक परेको हुँदा उपलब्ध गराउन सक्ने सूचीकृत फर्म/कम्पनीले संस्थालाई उपलब्ध गराउँदा लाग्ने भ्याटसहितको प्रतिथान मूल्य खुलाई शिलबन्दी कोटेसन संस्थामा पेश गर्नुपर्नेछ ।
१. बिलिङ्ग प्रिन्टर मेशिन डट म्याट्रिक्स
२. बुँदा १ बमोजिमको प्रिन्टरको लागि प्रिन्ट पेपर रोल
३. बुँदा १ बमोजिमको प्रिन्टरको लागि कार्टिज
४. बारकोड तथा क्यूआर कोड स्क्यानर (2D) Hand Scanner
५. बारकोड तथा क्यूआर कोड स्क्यानर (2D) Table Scanner
६. बारकोड प्रिन्टर TSC TE-210
७. बुँदा ६ बमोजिम बारकोट प्रिन्टरका लागि लेबेल
८. बुँदा ६ बमोजिम बारकोड प्रिन्टरका लागि रिवन
९. सिलिङ्ग मेशिन (Sealing Machine) १८ इन्च तथा २४ इन्च साइजमा
१०. बुँदा नं.९ बमोजिमको मेशिनको लागि तताउने पाता स्पेयर ।
थप जानकारीका लागिः ९८५२६८९४१७ (प्रशासनिक प्रमुख)
एनएमसी सहकारी पसल (कोपसप)
Comments