Sajhamanch Archive

वैदेशिक रोजगारीका लागि कतारमा रहेका एक नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), समाज by .

झापा। वैदेशिक रोजगारीका लागि कतार गएका इटहरी–१९ तरहराका ४८ वर्षीय नरेन्द्रबहादुर न्यौपानेको आइतबार मृत्यु भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारको ‘सर्कल कतार’ कम्पनीमा कार्यरत न्यौपाने उच्च रक्तचापका कारण कोठामै बेहोश भएका थिए । उपचारका लागि उनलाई दोहाको हमिद हस्पिटलमा शनिबार भर्ना गरिएको थियो । चिकित्सकहरुले उपचारकै क्रममा आइतबार विहान उनको मृत्यु भएको जानकारी गराएका हुन् ।

अग्रज पत्रकार मोहन काजीका माइलो दाजु नरेन्द्रका पत्नी भीमादेवी न्यौपाने, एक छोरा गणेश र चार छोरीहरु अम्बिका, देवी, भगिमाया र अनुसा छन् । उनीहरुको स्थायी बसोबास इटहरी–१९ तरहरा हो ।

दुई वर्ष अघि कतार गएका नरेन्द्र वैशाखमै स्वदेश फर्कने तयारीमा थिए । हवाई टिकटसमेत लिइसकेका उनी कोरोना महामारीले हवाई उडान बन्द भएपछि रोकिएका थिए ।

दोहाको हमिद अस्पतालमा रहेको शब नेपाल ल्याउनका लागि प्रयास भइरहेको पत्रकार मोहनकाजीको भनाई छ । एनआरएन कतारका पूर्व अध्यक्ष नविन पोखरेललाई उधृत गर्दै पत्रकार काजीले कोरोना महामारीको विषम परिस्थितिमा शव ल्याउनका लागि कतारस्थित नेपाली राजदूताबास, रोजगारदाता कम्पनी र त्यहाँको प्रहरी निकायसँग सहजिकरण भइरहेको बताएका छन् ।

नेपालको अन्तर्राष्ट्रिय उडान खोलेको पहिलो दिन नै शब नेपाल ल्याउने सम्भावना रहेको पोखरेलले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *