एनएमसी झापाको जग्गा खरिदका लागि कोटेशन आह्वान
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा
जग्गा खरिदका लागि कोटेशन आह्वान
प्रथमपटक प्रकाशित मिति : २०७७।५।१०
सस्ंथाको कर्पोेरेट कार्यालय भवन निर्माण प्रयोजनका लागि निम्न विवरण सहितको जग्गाको आवश्यकता परेको हुँदा इच्छुक जग्गा धनीहरूबाट रीतपूर्वकको सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।
आवश्यक विवरण :
१. जग्गा करिब १० कठ्ठादेखि एक बिगाहासम्म हुनु पर्नेछ ।
२. जग्गा पूर्वमा मेचीनगर नगरपालिकाको इँटाभट्टादेखि पश्चिममा कनकाई नदीसम्म र पूर्व पश्चिम राजमार्गबाट करिब एक किलोमिटरको आसपासमा हुनु पर्नेछ ।
३. जग्गासम्म पुग्न सकिने २० फुट बाटोको पहुँच भएको हुनु पर्नेछ ।
४. जग्गा बिक्री गर्न चाहने जग्गाधनीले पहिलो चरणमा आफूले बिक्री गर्न चाहेको जग्गाको अवस्थिति खुल्ने गरी जग्गाको क्षेत्रफल, कित्ता नं., ठेगाना (साविक र हाल), सँधियार र जग्गासम्म पुग्न सकिने विवरण खुल्ने गरी आफूले बिक्री गर्न चाहेको प्रति एकाई (प्रतिकठ्ठा, प्रति बिगाहा आदि) मूल्य खुल्ने गरी सिलबन्दी निवेदन दिनु पर्नेछ ।
५. पहिलो चरणमा निवेदन पेस गर्दा निवेदनका साथमा जग्गाको नक्सा र धनीपूर्जाको प्रतिलिपी पेस गर्नु पर्नेछ ।
६. निवेदन जग्गाधनी स्वयम् वा निजको प्रतिनिधिले पनि पेस गर्न सकिने छ ।
७. पहिलो चरणमा प्राप्त निवेदनहरू मध्ये प्रारम्भिक चरणको छनोटमा परेका निवेदकहरुसँग संस्थाको तर्फबाट थप कागजात माग गर्न सकिने छ ।
८. प्राप्त निवेदनको अध्ययनका आधारमा जग्गा खरिद गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ ।
९. कोटेसन सम्बन्धी निवेदन संस्थाको कर्पोरेट कार्यालय काँकरभिट्टामा २०७७ साल भदौ मसान्तसम्ममा बुझाउन सकिने छ ।
१०. थप जानकारीकालागि संस्थाको कर्पोरेट कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
– प्रमुख कार्यकारी अधिकृत
Comments