Sajhamanch Archive

बिर्तामोडको अन्धुवा खोलामा फलामे पूल, प्रदेश सांसद कार्कीले गरे उद्घाटन

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ४ र १ को सीमानामा पर्ने अन्धुवा खोलामा फलामे पूल निर्माण गरी आज उद्घाटन गरिएको छ । प्रदेश सरकारको सहयोग र स्थानीयबासीको श्रमदानमा फलामे पूल निर्माण सम्पन्न भएको हो ।

अन्धुवा खोला फलामे पूल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बस्नेतले प्रदेश १ सरकारको १५ लाख रुपैयाँ र स्थानीयबसीको श्रमदान एक लाख ५९ हजार ६२७ रुपैयाँ गरी १६ लाख ५९ हजार ६२७ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको जनाएका छन्।

बिर्तामोडस्थित बिनायक होटल उत्तर कृष्ण टाँकिज नजिकै सो पूल निर्माण गरिएको हो । त्यहाँ २०५२ सालमा पक्की पूल निर्माण गरिएको भए पनि जीर्ण अवस्थामा पुगेकाले सोही स्थानमा फलामे पूल हालिएको हो ।

पूल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बस्नेतको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा आज बिहान पूलको उद्घाटन गरिएको थियो । सो अवसरमा सांसद कार्कीले अन्धुवा खोलामा फलामे पूल निर्माणले सो क्षेत्रका बसिन्दालाई आवत जावतमा सहजता हुने प्रष्ट पारे । आगामी दिनमा सो क्षेत्रमा हुने विकास निर्माणमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने पनि सांसद कार्कीले प्रतिवद्धता जनाए ।

पूल उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, वडा नं. १ का अध्यक्ष अग्निप्रसाद पाण्डे लगायतले समयमै पूल निर्माण गरी स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज बनाएकोमा निर्माण उपभोक्ता समितिको प्रशंसा गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *