भौतिक पूर्वाधार निर्माण सम्बन्धी एनएमसीको कोटेसन आह्वान
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालय :मेचीनगर–६, काँकरभिट्टा
भौतिक पूर्वाधार निर्माण सम्बन्धी कोटेसन आह्वान
प्रथमपटक प्रकाशित मिति : २०७७।५।१०
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत मेचीनगर–५, सुरेन्द्रनगरमा अवस्थित चिया प्रशोधन व्यवसायको निर्माणाधीन परियोजनामा कम्पाउन्डवाल, कार्यालय, वाच पोस्ट तथा शौचालय निर्माण गरिने भएको हुँदा इच्छुक निर्माण कम्पनी, फर्म तथा व्यक्तिबाट आफूले उपलब्ध गराउने निर्माण सामग्रीको न्यूनतम दररेटसहितको सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।
आवश्यक सामग्री विवरण :
अन्य :
१. बिक्रेता अनिवार्य मूल्य अभिवृद्धि कर VAT मा दर्ता भएको हुनु पर्नेछ ।
२. ढुवानी शुल्क अनिवार्य खुलाउनु पर्नेछ ।
३. कोटेसन पेस गर्दा आ. व. २०७५।०७६ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य पेस गर्नु पर्नेछ ।
४. सामग्री ढुवानी मेचीनगर–५, सुरेन्द्रनगरस्थित संस्थाको चिया प्रशोधन उद्योगमा गर्नु पर्नेछ ।
५. कोटेसन आंशिक स्वीकृत, अस्वीकृत वा स्थगन गर्ने अधिकार संस्थामा रहनेछ ।
६. सामग्री उपलब्ध गराएबापतको रकम भुक्तानी गर्दा नियम अनुसार करकट्टा गरिनेछ ।
७. कोटेसन खोल्ने मितिमा कोटेसन पेस गर्ने फर्म तथा कम्पनीलाई आमन्त्रण गर्न सकिनेछ ।
८. कोटेसन संस्थाको कर्पोरेट कार्यालय काँकरभिट्टामा २०७७ साल भदौ १६ मंगलबार कार्यालय समयसम्ममा बुझाउन सकिने छ ।
९ निर्माण कार्यसँग सम्बन्धित श्रमिकहरूले समेत आफ्नो ज्यालासहित आवेदन दिन सक्नेछन् ।
१० थप जानकारीका लागिः मोवाइल ९८५२६८९४१५/९८५२६८९४५०/९८१४९९९४३०
११. लेबर कन्ट्रयाक अन्तर्गत निर्माण कार्य गर्न चाहने व्यक्ति तथा फर्मले पनि कोटेसन पेस गर्न सकिनेछ ।
Comments