Sajhamanch Archive

झापाको केर्खामा कोरोना संक्रमित एक वृद्धको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खाका एकजना कोरोना संक्रमित पुरुषको आज बिहान धरानमा मृत्यु भएको छ । एकसाता अघि संक्रमण पुष्टि भएका ८३ वर्षीय ती वृद्धको धरानमा उपचार भइरहेको थियो ।

अन्य रोगको उपचारका लागि अस्पताल पुर्याइएका उनमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगको छ । यसअघि दमकका एकजना संक्रमितको काठमाडौंमा मृत्यु भएको थियो ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बाबुराम थुलुङले केर्खाका ८३ वर्षीय वृद्धको मृत्यु भएको पुष्टि गरेका छन् । कमलमा संक्रमित भएका ५ जना मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत रहेका थुलुङले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *