लायन्स बिर्तामोड सिटीले खुवायो आश्रममा खाना
Published:
by .बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीले कोरोना कहरको विषम अवस्थामा पनि सामाजिक कार्यलाई निरन्तरता दिएको छ ।
आफ्नो मासिक सामाजिक कार्यक्रम अन्तर्गत क्लबले आइतबार बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाना खुवाएको हो । ३३ जना आश्रित र पाँचजना कर्मचारीसहित ३८ जनालाई बेलुकाको एक छाक खाना खुवाइएको कार्यक्रम संयोजक उपेन्द्र बानियाँले जानकारी दिए ।
खाना खुवाउनु अघि भएको संक्षिप्त कार्यक्रममा लायन्सका एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा र एरिया चेयर पर्सन ओम बिमली शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संयोजक तथा सचिव उपेन्द्र बानियाँले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रवक्ता हिमाल खरेलले गरेका थिए । क्लबका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य दिपक साफीले धन्यवाद ज्ञापन गरेका थिए ।
क्लबले यसअघि गौरीगञ्ज र बिर्तामोडका करिब १०० विपन्न परिवारलाई खाद्यान्न विरतण गर्नुका साथै बिर्तामोडमा मास्क वितरण, एकका लागि एक अभियानलाई आर्थिक सहयोगलगायत कार्यक्रम गरिसकेको छ ।
Comments