महिला हिंसाको विरोधमा सयौं महिला सडकमा
Published: (Updated: )
by .बिर्तामोड । पछिल्लो समय समाजमा बलात्कारका घटना बढेका कारण योसँगै महिला हिंसा अन्त्यको माग राख्दै झापाका महिला तथा मानव अधिकारकर्मीहरुले आज सडक तताएका छन् ।
एक महिनामा मात्र झापामा छ वटा बलात्कारका घटना दर्ता भएका छन् ।
बुधबार मात्रै अर्जुनधारा २ की चार वर्षीया बालिकालाई १५ वर्षे युवकले बलात्कार गरेपछि महिलाहरु थप आन्दोलित भएका हुन् ।
अर्जुनधारा नगरबाट निस्किएको जुलुस बिर्तामोडको मुक्तिचोकमा आएर कोणसभामा परिणत भएको हो ।
कोणसभालाई सम्बोधन गर्दै मानवअधिकारकर्मी सावित्री सुवेदीले अब सरकारले बलात्कारीलाई फाँसी दिनुपर्ने कानून ल्याउन माग गरिन् ।
उनले आफ्नो शरीर आफ्नो अधिकार रहेको भन्दै यस्ता हिंसा विरुद्ध खुलेर बोल्न सबै महिलालाई आग्रह गरिन् ।
एउटा छोरी पेटबाट नै असुरक्षित भएको भन्दै सरकारले उचित सम्बोधन नगरे महिलाहरुले अब कडा सङ्घर्षका कार्यक्रम ल्याउने अर्की वक्ता सरस्वती सिटैलाले चेतवनी दिइन् ।
Comments