Sajhamanch Archive

सिम्रिक साकोसको सामाजिक उत्तरदायित्वमा अग्रसरता, सदस्यको उपचारमा राहत

Published: in समाज, सहकारी by .

बिर्तामोड । इलाम जिल्लाको माई नगरपालिकामा समेत कार्यक्षेत्र बिस्तार गरेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना तीनजना सदस्यहरुलाई हालै सदस्य स्वास्थ्य उपचार राहत सुविधा प्रदान गरेको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेतको नेतृत्वमा सम्बन्धित क्षेत्रको सेवा केन्द्रका कर्मचारी तथा सञ्चालकहरुले गोलधाप, हल्दिबारी र काँकरभिट्टाका सदस्यहरुहरुलाई उपचार सुविधा प्रदान गरेका हुन् ।

संस्थाले मेचीनगर सेवा केन्द्रका सदस्य, काँकरभिट्टा निवासी कमलकुमारी राईको पत्थरियाको शल्यक्रिया गरिएकोले उपचार सहयोग वापत २० हजार रुपैयाँ प्रदान गरेको छ । संस्थाका विभागीय प्रमुख बस्नेत र मेचीनगर सेवा केन्द्र प्रमुख शान्तकुमार बस्नेतले संयुक्तरुपमा सदस्य राईलाई नगद हस्तान्तरण गरेका हुन् । उपचार सहयोग ग्रहण गरेपछि कमलाले आफ्ना सदस्यहरुलाई सिम्रिक सहकारीले परिवारकै मान्छेजस्तो व्यवहार गरेकोमा आभार प्रकट गरेकी छन् ।

यस्तै, संस्थाको गरामुनी सेवा केन्द्र अन्तरगतका सदस्य शिवकुमार संग्रौलाको एपेण्डिसाइट्सको शल्यक्रिया गरिएकाले उनलाई १९ हजार ६७० रुपैयाँ प्रदान गरिएको छ । संस्थाका विभागीय प्रमुख बस्नेत र गरामुनी सेवा केन्द्र प्रमुख दिपेश राजवंशीले संग्रौलालाई नगद हस्तान्तरण गरेका हुन् ।

सिम्रिक साकोसले पित्तथैलीमा जम्मा भएको पत्थरीको शल्यक्रिया गराएकी गोलधाप सेवा केन्द्रका सदस्य बिमला लिङ्देनलाई पनि राहत हस्तान्तरण गरिएको छ । संस्थाका सञ्चालक सदस्य इन्द्रबहादुर कार्कीले बिमलालाई उपचार सहयोग रकम १५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

गत असार मसान्तसम्म २५ हजार ७९३ जना शेयर सदस्य रहेको सिम्रिक साकोसले सदस्य राहत कार्यक्रम अन्तरगत दुर्घटना बीमा सुविधा, दैवीप्रकोप राहत सुविधा, सदस्य मृत्यु राहत सुविधा र सदस्य स्वास्थ्य उपचार राहत सुविधा प्रदान गर्ने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *