Sajhamanch Archive

कक्षा ११ र १२ को भर्ना एवम् कक्षा सञ्चालन सम्बन्धी बिर्तामोडका संस्थागत विद्यालयहरुको सामुहिक जरुरी सूचना

Published: (Updated: ) in विज्ञापन, शिक्षा by .

कक्षा ११ र १२ को भर्ना एवम् कक्षा सञ्चालन सम्बन्धी बिर्तामोडका संस्थागत विद्यालयहरुको सामुहिक जरुरी सूचना

बिर्तामोड नगरपालिका क्षेत्रमा माद्यमिक तहसम्म सञ्चालित सम्पूर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०७७ का लागि कक्षा ११ मा नयाँ भर्ना गर्न निम्नानुसारको संयुक्त कार्यक्रम तय गरिएको जानकारी गराइन्छ ।

१. फराम वितरणः  २०७७ भाद्र २५ गतेदेखि सबै विद्यालयहरुमा (अनलाइन फारम पनि भर्न सकिने ।)

२. फारम बुझाउने अन्तिम मितिः  २०७७ असोज १२ गतेसम्म (सबै विद्यालयहरुमा अनलाइन फारम पनि भर्न सकिने ।)

३. भर्ना प्रक्रियाः  विद्यालयको आ–आफ्नै प्रक्रिया अनुसार ।

४. कक्षा सञ्चालन : नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्दै असोज १५ गतेदेखि अनलाइन विधिबाट कक्षा सञ्चालन गरिनेछ ।

५. कक्षा १२ का विद्यार्थीहरुले असोज ४ गतेसम्ममा आ–आफ्नो विद्यालयमा अभिलेखीकरण गराउनु पर्नेछ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्दै असोज ५ गतेदेखि कक्षा १२ को पनि अनलाइन विधिबाट कक्षा सञ्चालन हुनेछ ।

६. नेपाल सरकारले वैकल्पिक शिक्षण सिकाई प्रक्रियालाई शैक्षिक सत्रको अंशका रुपमा समावेश गरेको हुँदा सबै अभिभावकहरुलाई आ–आफ्ना नानीहरुलाई विद्यालयको अनलाइन कक्षामा समावेश गर्न गराउन सामुहिक अनुरोध गरिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *