Sajhamanch Archive

पीसीआर प्रयोगशालाका लागि शिक्षा सहकारीद्वारा ५१ हजार हस्तान्तरण

Published: in समाज, सहकारी, स्वास्थ्य by .

बिर्तामोड । देशभरि कोरोना संक्रमित बढ्दै गएको बेला झापामा जनस्तरमा रकम संकलन गरी स्थापना गरिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

शिक्षा सहकारीले आफ्नो प्रतिबद्धता अनुरुप ५१ हजार रुपैयाँको चेक बुधबार अभियानका सहसंयोजक बस्नेत र झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपाने र सचिव दिपेश धौरालीले चेक हस्तान्तरण गरेका हुन् । प्रयोगशालाका लागि झापाका सहकारीहरुकको तर्फबाट २५ लाख रुपैयाँ प्रतबद्धता जनाएकोमा अब थोरै रकम मात्र जम्मा हुन बाँकी रहेको संघका अध्यक्ष ढकालले बताए ।

नेपालमा लकडाउन शुरु भएपछि जिल्लामा संकटमा परेकाहरुलाई राहत पुर्याउन सञ्चालन गरिएको एकका लागि एक अभियानको अगुवाइमा जनस्तरबाट पहिलो पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनको तयारी गरिएको थियो ।

सबै क्षेत्रबाट स्वतःस्फूर्त रुपमा सहयोग प्राप्त भएपछि कनकाई नगरपालिकाको समर्पण भवनमा प्रयोगशाला स्थापना गरिएकोमा प्रक्रिया पुर्याएर चाँडै सञ्चालनमा ल्याइने अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिएका छन् ।

प्रयोगशालाका लागि जनस्तरबाट झण्डै एक करोड रुपैयाँ संकलन भएको अभियानका संयोजक सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *