Sajhamanch Archive

सिम्रिक साकोसका सदस्यले पाए २ लाख २२ हजार ३३९ रुपैयाँ राहत

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड सेवा केन्द्रले आज आफ्ना ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको छ ।

संस्थाका विभागीय प्रमुख विजय बस्नेत र बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालको नेतृत्वमा अन्य कर्मचारी र बजार प्रतिनिधिहरु सम्मिलित टोलीले २६ सयदेखि १५ हजार रुपैयाँसम्म उपचार सहयोग हस्तान्तरण गरेको हो ।

सदस्य स्वयम्को, उसका श्रीमान् वा श्रीमतीको, बुवा वा आमाको, छोरा छोरीको उपचार गर्दा लागेको खर्च राहतस्वरुप प्रदान गर्ने संस्थाको सदस्य राहत नीतिमा उल्लेख छ । सिम्रिकका शेयर सदस्यले गर्ने नियमित कारोबार, शेयर लगानी, आवधिक बचत आदिका आधारमा सदस्य राहत प्रदान गर्ने नीति रहेको तालिम विभाग प्रमुख विजय बस्नेत बताउँछन् ।

आज बिर्तामोड क्षेत्रका सदस्यहरुलाई एक लाख चार हजार ९४८ रुपैयाँ उपचार राहत हस्तान्तरण गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालले बताएका छन् । सदस्यहरुको घर, पसल आदि स्थानमा नै पुगेर उपचार राहत प्रदान गरिएको सेवा केन्द्र प्रमुख खनालले जानकारी दिएका छन् ।

योसँगै संस्थाले आइतबारदेखि आज शुक्रबारसम्म २ लाख २२ हजार ३३९ रुपैयाँ राहत तथा सुविधा प्रदान गरिएको छ । यहीसाता मेचीनगरको जोरसिमलका दिपक क्षेत्रीको निधनमा संस्थाले राहत सुविधावापत दुई लाख २८ हजार ७०० रुपैयाँ पनि प्रदान गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *