Sajhamanch Archive

शिवसताक्षीका ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, १० जना आउन बाँकी

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

शिवतसाक्षी । शिवसताक्षी नगरपालिकाबाट स्वाब संकलन गरिएका ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखा संयोजकलाई गएको मंगलबार कोरोना पेजेटिभ देखिएपछि नगरका कर्मचारीसहित ९७ जनाको स्वाब संकलन गरी पिसिआरका लागि पठाइएको थियो ।

सतासी प्रावि क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोशन अधिकारीका अनुसार ९७ जनामा ८७ जनाको रिपोर्ट नगेटिभ आएको र १० जनाको बाँकी रहेको उनको भनाई छ ।

नगरपालिकाले विहीबार सतासी प्रावि क्वारेन्टाइनका १२ जना, ९ जना होम क्वारेन्टाइन, एकजना समुदाय र नगरका कर्मचारीहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

स्वास्थ्य संयोजकलाई कोरोना देखिएपछि शिवसताक्षी नगरपालिका भदौ ३१ गतेसम्म सिल गरिएको नगरप्रवक्ता नविन इजमले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *