Sajhamanch Archive

झापाली समाज युएसले गर्यो भर्चुअल अधिवेशन, अध्यक्षमा चुनिए भद्रपुरका ढुंगाना

Published: in परदेश (प्रवास), विश्व समाचार, समाज by .

झापा । झापाली समाज युएसको प्रथम अधिवेशनले भद्रपुरका मुकुन्द ढुंगानालाई तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरको छ ।

सेप्टेम्बर १२ र १३ तारिक सम्पन्न भर्चुलअ अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दमकका यमुना भट्टराईलाई जिम्मेवारी दिएको छ । यसरी नै चारजना उपाध्यक्षहरूमा सीता पाण्डे (गौरादह), प्रदिप तिम्सिना (भद्रपुर), नारायण शिवाकोटी (देउनिया), र नविन पोखरेल (बुधबारे) लाई चयन गरेको छ । त्यस्तै, महासचिवमा निलम विमली (सुरूंगा), सचिव युवराज खतिवडा (शिवगञ्ज) र कोषाध्यक्षमा युवराज खनाल (बिर्तामोड)लाई चयन गरिएको छ ।

समाजको कार्यकारिणी समितिका सदस्यहरूमा डा. भेषराज मैनाली (चकचकी), डा. लीला खतिवडा (शिवगञ्ज), खगेन्द्र दाहाल (सुरूंगा), कविन्द्र सिटौला (चारपाने), टिका पौडेल (गौरादह), प्रसन्न संग्रौला (काँकरभिट्टा), मोहन निरौला (दमक), मञ्जु संग्रौला (बुधवारे), डिल्ली थापा (धुलाबारी), वेद बस्नेत (दमक), दिपक पाण्डे (गरामनी), विकास उप्रेती (धुलाबारी), सावित्रा ओली भण्डारी (गौरादह), कृष्ण खतिवडा (गरामनी), मोहन उप्रेती (शिवगञ्ज) र डा. पर्शुराम दाहाल (भद्रपुर)लाई चयन गरेको छ ।

दुई दिनसम्म चलेको अधिवेशनको खुलासत्रलाई प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्बाधन गर्दै समाजले गर्न लागेको शैक्षिक अभियानको प्रशंसा गरे । साथै, प्रदेश सरकारले आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए ।

त्यस्तै, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाजको यो अभियानले शैक्षिक क्षेत्रको सुधारमा महत्वपूर्ण योगदान रहने बताए । समाजलाई यो अभियान झापामा मात्र सीमित नगरी २ नम्बर प्रदेश र कर्णाली प्रदेशका केही जिल्लामा पनि सुरू गर्न उनले आग्रह गरे ।

अधिवेशनलाई पूर्वमुख्य सचिव डा. भोजराज घिमिरे, नेपाल बारका पूर्व केन्द्रीय उपाध्यक्ष तथा झापा विकास मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा, संरक्षक दिनेश पोखरेल, वरिष्ठ उपाध्यक्ष दिपक खनाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले सम्बोधन गरेका थिए ।

त्यस्तै, युएइका राष्ट्रिय अध्यक्ष अशोक चापागाईं (दुबई)ले यो अभियानमा झापाली समाज युएइले पनि साथ दिने बताउँदै झापाली समाज युएइले नेपालमा १५ लाखको अक्षयकोष शैक्षिक क्षेत्रको सुधारमा सहयोग गर्ने गरी स्थापना गरिसकेको जानकारी दिए ।

अधिवेशनमा कलाकार अशोक शर्मा, डा. शम्भु ढुंगाना, खगेन्द्र अधिकारी, डा. मदन उप्रेती, प्राडा गोपी उप्रेती, यमुना भट्टराई, गुणराज लुइँटेल, केदार नेउपाने, डा. तत्वप्रसाद तिम्सिना, डा. आनन्द श्रेष्ठ, मेघराज नेपाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

मुकुन्द ढुंगानको अध्यक्षतामा सम्पन्न अधिवेशनमा शैक्षिक अभियानको बारेमा असिस्टेन्ट प्रोफेसर डा. भेषराज मैनाली र जिल्लामा स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामको बारेमा डा. खगेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

निर्वाचित भएपछि अध्यक्ष ढुंगानाले हाल स्थापना गर्ने भनिएको २५ लाखको अक्षयकोषलाई तीन वर्षभित्रमा बढाएर १ करोड पुर्याउने प्रतिबद्धता व्यक्त गरे । ‘एक व्यक्ति एक विद्यार्थी’ अभियानबाट आगामी तीन वर्षभित्रमा २०० जना विद्यार्थीको उच्च माध्यमिक तहसम्मको अध्ययनमा सहयोग पुर्याउने उनले घोषणा गरे ।

अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका झापालीहरूलाई संगठित गरी आपसमा भाइचारा र बन्धुत्वको सम्बन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ समाजको गठन भएको जनाइएको छ ।

‘शिक्षामा सबैको पहुँचको लागि सामुहिक योगदान, एक व्यक्ति एक विद्यार्थी हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न अधिवशनका सहजीकरण महासचिव बिमलीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *