मानपदवी, अलंकार र पदकबाट ५९४ जनालाई सम्मान गरिने
Published:
by .काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदैछ ।
यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत छन् । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।
कोभिड–१९ महामारीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ५९४ जनाको नामावली विभूषण, अलंकार र पदक पाउनेहरुको सूचीमा छ ।
झापाको सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई जनसेवा श्री (पञ्चम)ले विभुषित गरिने भएको छ । समाजसेवाका क्षेत्रमा उल्लेखनीय काम गरेका उनलाई योग्य ठहर गरी विभुषित हुन लागेकोमा सबैबाट शुभेच्छा प्रदान भइरहेको छ ।
यस्तै दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीलाई प्रवल जनसेवा श्री (चतुर्थ)ले विभुषित गरिने भएको छ ।
Comments