मन्त्री भट्टराई र युएईका राजदुत नाक्बी बीच भेटः हवाई क्षेत्रमा लगानी गर्न मन्त्रीको आग्रह
Published:
by .काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
मन्त्री भट्टराई र युएईका राजदुत सईद हमदान अल नाक्बी बीच आज भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा लगानी गर्न युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारको सहकार्यको प्रशंसा गर्दै आउदा दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरेका छन् ।
राजदुत नाक्बीले काठमाडौं–युएई उडान थप गर्न आग्रह गरेका थिए भने सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाँडै निर्णय लिने जानकारी गराएका पत्रकार राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
Comments