झापामा रागिनी आइडल गरिँदै
Published:
by .बिर्तामोड । ‘रागिनी आइडल सिजन–३’ असोज दोस्रो सातादेखि हुने भएको छ । अघिल्ला दुईवटा सिजनको सफलतापछि रागिनी संगीतालय भद्रपुरको अयोजनामा तेस्रो संकरण हुन लागेको हो ।
प्रतियोगिताका लागि प्रतियोगी छनोट गर्न फारम वितरण भइरहेको छ । विगतमा स्टेज मार्पmत् भए पनि यसपटक कोरोना भाइरस कोभिड–१९ का कारण अनलाइन मार्फत् अडिसन हुने बताइएको छ । अनलाइनमार्फत् नै विजेता छनोट गरिने छ ।
असोज १४ गतेसम्म विभिन्न शाखा एवम् सम्पर्क मार्फत् फारम वितरण भइरहेको छ । “अडिसनमा आफ्नो च्वाइस अनुसार कुनै पनि नेपाली गीत गाउन सक्नेछन्”, निणाइकमध्येका एक भरत मैनालीले भने “त्यसपछिका अडिसनमा प्रतियोगिताको नियम अनुसार गाउनु पर्नेछ ।”
रागिनी पहिलो सिजनमा रचना रिमाल र दोस्रो सिजनमा अनिस लिम्बूले उपाधि हात पारेका थिए । रचना रिमाल नेपाल आइडलको टप आठमा पर्न सफल भइसकेकी छन् ।
प्रतियोगिताको जजमा दिपक लिम्बू, भरत मैनाली, शर्मिला सिग्देल र ताराविर पाण्डे रहेका छन् । स्थानीय कलाकारको प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले नियमति रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको आयोजकले जनाएको छ ।
Comments