Sajhamanch Archive

कविताः झरीसँग गुनासो

Published: in साहित्य, by .

यो पानीको थोपाहरुले
तिम्रो आँशु पखाल्छ कि पखाल्दैन ?
यो चलिरहेको बतासले
तिमीलाई कतिको स्पर्श गर्छ ?
तिम्रो त्यो कोमल
मुटुलाई छुन्छ कि छुदैन ?
अहो ! मनभित्र कस्तो अनुभूति
कस्तो अलौकिक आनन्द
मुसलधारे पानी परिरहेको छ ।

                    अमित संग्रौला

आज हिजो अस्ति
केही दिनदेखि बर्सिरको छ यो झरी
यो पानी यो झरीलाई सम्झिने बित्तिकै
बिरुवाहरु मौलाए
कोपिलामा रङ्ग चढेपछि
फूलहरु पनि लजाए,
लाभाहरु पनि सकृय भए ।

आज म प्रफुल्ल छु
शान्त भएको छु
किनकि आज झरीसँगै
प्रकृतिसँगको प्रेममा छु
कस्तो चिसो स्पर्श गरेको
मुटुलाई छुने गरी ।

यो पानी यो झरी
यो मौसम
आकाशमा बादलहरु नाचिरहेका
धेरै समयपछि
प्रकृतिले आफ्नो आँशु
पखालेर हल्का भएको जस्तो छ ।

कसैका लागि यो झरी
आँशुको धारा नबनोस्
पीडाको आँशु नबगोस्
झरीसँगको प्रेमको साथै
दुःख व्यक्त गर्छु ।

(बिर्तामोड झापा)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *